नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

नक्कली लाइसेन्स बनाइिदएको आरोपमा १२ कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार अनुसन्धान दुरुपयोग आयोगले नक्कली चालक अनुमति पत्र (लाइसेन्स) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ जना कर्मचारीसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन २ जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टाचार गरेको पाइएको छ ।

उनीहरुले आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ को साउनर भदौमा गरी पाँच ३३ जना व्यक्तिलाई अवैध रुपमा लाइसेन्स दिएको अख्तियारले दाबी गरेको छ ।

अख्तियारका अनुसार उनीहरुले नवीकरण नभएका तथा स्वतः रद्द भएका चालक अनुमति पत्र (लाइसेन्स) को विवरणलाई सच्याएर नयाँ बाटोबाट गैरकानूनी रुपमा अवैध लाइसेन्स दिएको अख्तियारको आरोप छ ।

अख्तियारले दुई कार्यालय प्रमुखसहित कर्मचारीहरू विजयराज गिरी, कमल स्याङ्तान, अच्युतप्रसाद फुँयाल, प्रकाश कार्की, रेजु भट्टराई, रोशन राजभण्डारी, श्यामसुन्दर चौधरी, लक्ष्मी श्रेष्ठ, माया सेठी र रिचा श्रेष्ठ तथा बिचौलियाहरू हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भनिने उद्धवबहादुर खत्री, दीपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यविरूद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ५२ बजे

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन