५ घण्टाको प्रयासपछि बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण | Khabarhub Khabarhub

५ घण्टाको प्रयासपछि बालसुधार गृहका १७ किशोरलाई स्थानान्तरण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजेपछि मंगलबार केहीबेर अवस्था तनावग्रस्त भयो ।

दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति सामान्य बनाएको थियो । त्यहाँ रहेका किशोरहरुले अनेक गतिविधि गर्न थालेपछि ठूलो संख्यामा प्रहरी पुगेको थियो तर प्रहरीमाथि नै उनीहरुले आक्रमण गरेपछि तनाव भएको थियो ।

कारागार विभागले बालकहरुलाई स्थानान्तरण गर्न पत्राचार गरेको थियो । स्थानान्तरण गर्ने पत्र आएको खबर उनीहरुले थाहा पाएदेखि नै भित्र दैनिक रुपमा होहल्ला गर्ने, तोडफोड गर्ने जस्ता अनेक क्रियाकलाप गर्दै आएका थिए ।

बैशाख ४ गते पनि उनीहरूले भित्र रहेका टिभी पंखा लगायतका सामान तोडफोड गरेका थिए । मंगलबार दिउँसो करिब २ बजे सुधार गृहबाट केही किशोरहरुलाई अन्यत्र स्थानान्तरण गर्न खोज्दा उनीहरुले प्रहरीमाथि आक्रमण गरेको बाल सुधार गृह प्रमुख शुभद्रा गौतमले बताइन् ।

उनीहरुको आक्रमणबाट रुपन्देहीका डीएसपी नवरत्न पौडेल र उनका अंगरक्षक प्रहरी जवान टोपबहादुर राखल मगर घाइते भई उपचारमा छन । डिएसपीको टाउको र अंगरक्षकको हातमा चोट लागेको छ ।

‘बढी चाप भएकाले घर पायक र यहाँ अवाञ्छनीय कार्य गर्ने मध्येबाट १७ जनालाई पत्राचार अनुसार नै पठाउन लागेका थियौँ, ठूलाहरुले साना किशोरमाथि दमन गर्दै पनि आएका थिए’ बाल सुधार गृह प्रमुख गौतमले भनिन् । उनीहरुमध्ये १० जना नेपालगञ्ज, ४ जना कास्की र ३ जनालाई भक्तपुर स्थानान्तरण गरिएको हो ।

आज पठाउन लागिएको बेला जान्न भन्दै किशोरहरु आक्रोशित भित्र तोडफोड गर्ने, त्यहाँ जाने सबैलाई तथानाम गाली गर्ने, भित्र भएको सामानहरुले प्रहार गर्ने लगायतका क्रियाकलाप गरेका थिए । उनीहरुले पढ्ने किताब र प्रयोग गरिरहेका बिस्तारा कपडामा समेत आगो लगाएका थिए ।

किशोरहरु आक्रोशित भएपछि सुरक्षाकर्मीले अन्य कुनै घटना नहोस् भनेर संयमता अनाउदै परामर्श गरेर स्थिती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रवीन्द्र रेग्मीले बताए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरीको लामो प्रयास पछि अवस्था नियन्त्रणमा आयो, सुधार गृहबाट उनीहरुलाई निकालेर सम्बन्धित जिल्ला पठाउनका लागि व्यवस्थापन गरिरहेका छौं’ प्रहरी प्रमुख रेग्मीले भने । उनीहरु बुधबार स्थानान्तरित सुधार गृहमा पुग्ने छन् ।

किशोरहरु उग्र भएपछि अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रु ग्यासको समेत प्रयोग गरेको स्थानीयले बताएका छन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा विभिन्न जिल्लाका ११० जना बालक तथा किशोरहरु बस्दै आएका थिए । बालबिज्याईले स्थानीय आजित भएपछि मंगलबार मात्रै स्थानीयले जिल्ला प्रशसन कार्यालयमा सुधारगृह स्थानान्तरण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : १४ बजे

साताको अन्तिम कारोबारको दिन घट्यो नेप्से

काठमाडौं– शेयर कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रचण्ड काठमाडौं बाहिर हुँदा रोकियो शीर्ष नेताको बैठक

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित

कम्बोडियाका पूर्वशासक हुन सेनसँगको गोप्य अडियो चुहिएपछि थाई प्रधानमन्त्री सिनावात्रालाई सङ्कट

काठमाडौं- कम्बोडियाका पूर्वशासक हुन सेनसँगको फोन कलमा सार्वजनिक आक्रोश निम्त्याएको

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि

कोलाजको ऐना, अक्षरको विम्ब 

हङकङ साहित्यिक साझा शृङ्खलाको दुई कार्यकाल संयोजक भएर नेतृत्वदायी भूमिका