‘आप्पा’ को गीतमा बाबु बने दयाहाङ « Khabarhub

‘आप्पा’ को गीतमा बाबु बने दयाहाङ


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चलचित्र ‘आप्पा’ को गीत सार्वजनिक भएको छ ।  दयाहाङ राई बुबाको भूमिकामा देखिएको यो फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारमा टेवा पुग्ने गरी गीत सार्वजनिक गरेको हो ।

‘साउने झरी’ बोलको ओएसटी गीतमा बाबु-छोराको सम्बन्ध र यात्रालाई देखाइएको छ । फिल्मका मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकारलाई गीतको भिडियोमा देख्न सकिन्छ ।

यस्तै गीतमा उमेश उपमाको शब्द रचना छ भने निर्देशक अनमोल गुरुङ र शैकातको संगीत र विज्ञमा बराईलीको स्वर सुन्न सकिन्छ । त्यसै गरी सिनेमालाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । लेखक तथा निर्देशक गुरुङका अनुसार यो फिल्म मनोरञ्जनात्मक सिनेमा हो ।

कार्यकारी निर्माता माबो चेम्जोङ्ग रहेको यो फिल्म अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । फिल्ममा  रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

आउँदो असार १३ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको  नेपाल तथा भारतमा एकसाथ रिलिज हुने जनाइएको छ ।

यो फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका छ ।

 

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १२ : २७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले