‘केजीएफ ३’ मा बलिउड एक्ट्रेस हुने  « Khabarhub

‘केजीएफ ३’ मा बलिउड एक्ट्रेस हुने 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन् । उनको स्टारडम साउथ इन्डियामा मात्र नभई नर्थमा पनि बढ्यो । केजीएफको च्याप्टर २ ले गरेको बिजनेस आफैँमा एउटा रेकर्ड हो । उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भए । यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा छन् ।

फ्यानको प्रतीक्षालाई झनै बढाउन फिल्मका निर्माता मध्येका एक सदस्यले फिल्मको काम सुरु भएको सङ्केत गरेका छन् । इन्डिया टुडेको एक रिपोर्टमा ती निर्माताले फिल्मलाई सिक्वेल बनाउने वा प्रिक्वेल बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । ‘केजीएफ २ मा केही समय बढाइएको छ । झन्डै ५ वर्षको उक्त समयको कथा भन्न सकिनेछ । जहाँ यशले कसरी आफ्नो केजीएफ बनाए भन्ने देखाइने छ’ ती निर्माताले भने ।

साथै सिक्वेल बन्ने भएमा बलिउडको ए – लिस्टेड एक्ट्रेसले पनि अभिनय गर्ने उनले बताएका छन् । दोस्रो च्याप्टरमा नै श्रीनिधि शेट्टीको मृत्यु भएकाले नयाँ एक्ट्रेसको रूपमा बलिउड सुन्दरीले स्थान पाउने सङ्केत ती निर्माताले गरेका छन् । यद्यपि ‘केजीएफ : च्याप्टर ३’ भन्दा अगाडी यशले अर्को प्रोजेक्टको रूपमा केजीएफ भन्दा बाहिरको फिल्म गर्दै छन् । उनले निर्देशक नार्थनसँग काम गर्ने चर्चा छ । यस फिल्ममा यशको अपोजिटमा पूजा हेग्डेले अभिनय गर्नेछिन् ।

पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहेकी छिन् । यद्यपि सफलता हात पाएकी छैनन् । पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम नगरेकी होइनन् । यद्यपि दुवै फिल्म सफल हुन् सकेनन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ३३ बजे

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको