विजयले ल्याए ‘नलाउ भन्छु माया’ « Khabarhub

विजयले ल्याए ‘नलाउ भन्छु माया’


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पप गायक विजय लामाले ‘नलाउ भन्छु माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक तथा संगीतकार संजिब पुडासैनीको शब्द तथा संगीतमा तयार भएको गीतमा शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको छ । गीतमा किशान श्रेष्ठको मिक्स एण्ड मास्टरिगं रहेको छ । भिडियोमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय रहेको छ । 

प्रेम, रोमान्स र धोकालाई नजिकबाट केलाइएको ‘नलाउ भन्छु माया’ मा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा गायक लामा कलाकारका रुपमा नयाँ भूमिकामा देखा परेका छन् ।  फराज अर्पणको छायांकन, सम्पादन र निर्देशन रहेको भिडियोको छायांकन पर्यटकीयनगरी नगरकोटमा गरिएको हो । गायक लामाका तोगंबाको तातो पानी, नखानु पानी तोगंबाको, ए कान्छी तिमीलाई, भोलि फर्की आउँछु आउँदिन, लगायतका गीतहरूले राम्रो चर्चा कमाएका छन् । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै