जोर्डन र स्मारिकाको 'मात्तिएको मस्त मौसम' (भिडियो)  | Khabarhub Khabarhub

जोर्डन र स्मारिकाको ‘मात्तिएको मस्त मौसम’ (भिडियो) 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमिका राईको प्रस्तुतिमा ‘मत्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द, दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएकी छिन् । रोमान्टिक प्रेम भाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राज भण्डारी र स्मारिका ढकाल फिचर्ड छन् ।

गीतको शब्दलाई यी दुईको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ‘एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने । उनले त्यही अनुसारको रोमान्टिक भाव दिने लोकेसन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बिचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ ।

सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३८ बजे

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न