इन्डोनेसियाका राष्ट्रपतिले रूस र युक्रेनको भ्रमण गर्ने « Khabarhub

इन्डोनेसियाका राष्ट्रपतिले रूस र युक्रेनको भ्रमण गर्ने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाका राष्ट्रपति एवम् जी २० का अध्यक्ष जोको विडोडोले रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनमाथि रूसले आक्रमण गरेपछि उत्पन्न आर्थिक तथा मानवीय परिस्थितिबारे छलफल गर्न उनी यसै महिना युक्रेन र रुसको भ्रमणमा जाने भएका हुन् ।

इन्डोनेसियाको बाली टापुमा नोभेम्बरमा हुने विश्वका प्रमुख अर्थतन्त्रहरूको समूहको शिखर सम्मेलनमा आमन्त्रण गर्ने निर्णयलाई लिएर विवादमा परेका बेला राष्ट्रपति विडोडो रुस र युक्रेनको भ्रमणमा जान लागेका हुन् ।

रूसले युक्रेनमाथि युद्ध अपराध गरेकाले उसलाई सम्मेलनमा आमन्त्रण गर्न नहुने समूहका अन्य सदस्यले बताएपछि विवाद बल्झेको हो ।

इन्डोनेसियाले यसवर्ष जी २० को अध्यक्षता गरिरहेको छ । उमाथि अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूबाट रुसलाई बैठकबाट बहिष्कार गर्न दबाब परेको बताइएको छ ।

विडोडोले जुन २६ र २७ मा जर्मनीमा हुने जी २० शिखर सम्मेलनमा इन्डोनेसियाको अतिथि देशको रूपमा प्रतिनिधित्व गरेपछि किभ र मस्कोको भ्रमण गर्ने र युद्ध सुरु भएदेखि दुबै देशको भ्रमण गर्ने योजना रहेको बताइएको छ ।

यससँगै उनी युक्रेनमाथि रुसले आक्रमण थालेयता ती मुलुकहरुको भ्रमण गर्ने पहिलो एसियाली नेता बन्ने इन्डोनेसियाका परराष्ट्रमन्त्री रेत्नो मार्सुडीले बताएका छन् ।

दुबै मुलुकको भ्रमणमा राष्ट्रपति विडोडोले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट्ने मार्सुदीले बताए ।

इन्डोनेसियाले युक्रेनमा जारी संकटमा तटस्थताको नीति अपनाउने प्रयास गर्दै महिनौं लामो द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ ।

विडोडोले मानवीय सहायताको सट्टा जेलेन्स्कीको अनुरोधको जवाफमा युक्रेनलाई हतियार पठाउन अस्वीकार गरेका थिए ।

इन्डोनेसियाले युक्रेनलाई जी २० शिखर सम्मेलनको अतिथि सदस्यको रूपमा आमन्त्रित गरेको छ । जेलेन्स्कीले भने आफ्नो इन्डोनेसिया भ्रमण युद्धको स्थितिमा निर्भर हुने भन्दै कम्तिमा भर्चुअल उपस्थिती जनाउने बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ३९ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको