डुम्रे-बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो « Khabarhub

डुम्रे-बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

उदीपुरमा पहिरोको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरी बुधबार साँझ साढे ७ बजेबाट सडक सुचारु गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने,’पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि बैकल्पिक सडक निर्माण गर्न सुरु गरिएको हो ।’

उनका अनुसार पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको छ । आइतबारदेखी साना सवारीहरु मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठुला सवारीसाधन आवतजावत गर्न सकेको थिएन ।

ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरोयुक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ । उदीपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ३८ बजे

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च