‘धाकड’ को तय भयो ओटीटी « Khabarhub

‘धाकड’ को तय भयो ओटीटी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्विन, तन्नु वेड्स मन्नु जस्ता फिल्म खेलेर बलिउडमा सय करोड क्लबकी हिरोइन बनेकी कंगना रनौतको समय पछिल्लो समय ठीकठाक छैन । उनले अभिनय गरेको फिल्म हेर्न दर्शक हलसम्म पुग्ने गरेका छैनन् । मणिकर्निका, थलाइभीपछि हालै रिलिज भएको धाकड फिल्म समेत बक्स अफिसमा असफल रह्यो । हलमा दर्शकले हेर्न जाँगर नचलाएपछि ‘धाकड’ ले ओटीटीमा आउन निकै सास्ती खेप्नु पर्‍यो । हलमा नचलेको यो फिल्म किन्न ओटीटीले पनि अस्वीकार गरेपछि फिल्मलाई ओटीटी रिलिजमा समस्या परेको थियो । 

यद्दपी यसलाई अब ‘जी फाइभ’ ले रिलिज गर्ने भएको छ । फिल्म जुलाई १ मा रिलिज हुनेछ । हप्ताभरमा यो फिल्मले जम्मा ३ करोड कमाइ गरेको ‘धाकड’ ले भने रिलिजपछि थप पैसा पाउने आसमा ओटीटीमा बिक्री भएको थिएन ।

अहिले रिलिजपछि बेच्न खोज्दा कसैले पनि यो फिल्म किन्न रहर नगरेपछि ‘जी फाइभ’ ले सस्तो मूल्यमा लिएको हो । ‘लेडी सुपरस्टार’ को ट्याग पाएकी कंगनाले पछिल्लो समय दर्शकको साथ पाउन छाडेकी छिन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : २८ बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण