अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योगः उद्योगमन्त्री बडू | Khabarhub Khabarhub

अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक लघु, घरेलु तथा साना उद्योगः उद्योगमन्त्री बडू


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।

खोजौं नेपाली, रोजौं नेपाली” भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको इकमर्श साइट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन् ।”

यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको भन्दै उनले अगाडि थपे, “यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ ।”

लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान इकमर्श साइट सञ्चालनमा ल्याइएकोमा उनले खुशी व्यक्त गरे ।

उद्योग मन्त्री बडूले भने – “इ–कमर्समार्फत स्वदेशी बस्तुको प्रवर्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाईंहरुको यो प्रयासमा सरकारको साथ रहिरहनेछ ।”

मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार  क्रियाशील रहेको बताउँदै उनले भने – “आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको छ ।”

लघु, घरेलु तथा साना उद्योगका लागि नेपाली उत्पादन बढाउन प्रधानमन्त्रीको नाममा नै कार्यक्रम रहेको र अर्को मेड इन नेपाल मेक इन नेपालको दशकका रूपमा कार्यक्रम अघि बढाएको पनि उनले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको संवाहकका रुपमा रहेता पनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच रहेको बताए ।

“हाम्रा उत्पादनहरु गुणस्तरीय र निर्यातयोग्य छन् तर सहज रुपमा हाम्रा उत्पादनहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा बजार विस्तार हुन सकेको छैन । फलस्वरुप हाम्रा उत्पादनहरु स्थानीय स्तरमा मात्रै प्रयोग हुँदै आएका छन्,” उनले भने ।

विगत करिब दुई वर्षमा विश्वभर फैलिएको कोभिड १९ ले गर्दा यस्ता उत्पादनहरुको बजार विस्तार गर्न नसकिएको भन्दै उनले महामारीले सिकाएको पाठलाई दृष्टिगत गर्दै लघु, घरेलु तथा साना उद्यमीहरुका उत्पादनहरुलाई डिजीटल प्रविधिमार्फत बजार प्रवद्र्घन गरी बजार सञ्जाल विस्तार गर्ने उद्देश्यले महासंघले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुको भर्चुअल प्रदर्शनी र ट्रेड सोमार्फत डिजिटल प्रणालीबाट बजार विस्तार गरी वस्तुको बिक्री वितरण प्रणालीको विकास गराउने लक्ष्यका साथ यो अवधारणा आएको बताए ।

महासंघका निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरीले भर्चुअल प्रर्दशनी र इकमर्श साईटको औचित्यमाथि प्रकाश पार्दै लघु, घरेलु तथा साना उद्योगहरु स्वभावैले ठूला बजारसम्म पुग्न नसकेको परिप्रेक्षमा यसबाट स्थानीयस्तरमा रहेका उत्पादनहरुको अन्तराष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने लक्ष्य लिइएको बताए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १० : ४७ बजे

पाँचखालमा सात सय जनाको आँखा परीक्षण

काभ्रेपलाञ्चोक– काभ्रेपलान्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविरअन्तर्गत सात सय

मोटरसाइकल चालकलाई शुभ यात्रा अभियान

चितवन– सवारी दुर्घटना कम गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन : उपेन्द्र यादव

सिरहा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

जेरुसेलम– इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता

नेपालगञ्ज– नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप