राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सुरु हुने « Khabarhub

राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबार सुरु हुने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारदेखि काठमाडौँमा सुरु हुने भएको छ।

देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न आयोजना गरिएको प्रशिक्षक प्रशिक्षणमा सातवटै प्रदेशबाट सहभागीता रहने राप्रपाले जनाएको छ ।

कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको अबको रणनीति विषयमा प्रशिक्षण दिने विभागका सदस्य सचिव दिनेश कार्कीले जानकारी दिएका छन् ।

स्थानीय तहको निर्वाचनको समिक्षा, आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीको रणनीतिलगायतका विषयमा राप्रपाले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्न लागेको हो । यस कार्यक्रम अन्तर्गत प्रदेश तहमा प्रशिक्षण सञ्चालन गर्ने, भातृ संगठनलाई प्रशिक्षण दिने, जिल्ला र क्षेत्रीय तहसम्म प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने तयारी छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ११ : १७ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट