अमितको उत्कृष्ट ब्याटिङ, धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य « Khabarhub

अमितको उत्कृष्ट ब्याटिङ, धनगढीद्वारा काठमाडौंलाई १३३ रनको लक्ष्य


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमित श्रेष्ठको उत्कृष्ट ब्याटिङ प्रेरित धनगढी स्टार्सले काठमाडौं गोल्डेन्सलाई १ सय ३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीस्थित प्रस्तावित फाप्ला अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा धनगढीले १ सय ३२ रन बनाएको हो ।

काठमाडौंविरुद्ध उत्कृष्ट ब्यटिङ गरेका युवा ब्याट्सम्यान अमित श्रेष्ठले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरे । उनले ५० बल खेल्दै ५० रन बनाउँदा काठमाडौंका नन्दन यादवले श्रेष्ठलाई बोल्ड गरे ।

त्यस्तै, धनगढीका लागि सन्दीप रजालीले २८ रन, सौरभ खनालले २५ रन बनाउँदा पवन शराफले १९ रन बनाएका थिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको काठमाडौंका लागि नन्दन यादवले उत्कृष्ट बलि गरे । उनले ३ ओभर ब लिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशी र अंकित डवासले समान एक—एक विकेट लिएका थिए ।

ताजा अवस्थामा जवाफी ब्याटिङ उत्रेको काठमाडौं गोल्डेन्सले ४ ओभधरमा ३० रन पुरा गरेको छ ।

काठमाडौंका ओपनिङ ब्याट्सम्यान गौरुव तोमरले २८ तथा अनिल शाह १ रनमा खेलीरहेका छन् । धनगढीका बलरहरुले विकेट लिने प्रयास गरेपनि सफल हुन सकिरहेका छैनन् ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : २९ बजे

एकै दिन पाँच ठाउँमा चोरी गर्ने व्यक्ति पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित रिना महर्जनको घरसहित विभिन्न पाँच

१० वर्षको प्रेम सम्बन्धपछि रोनाल्डो र जोर्जिनाले औँठी साटे

काठमाडौँ – पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो र उहाँकी लामो

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर