पुष्प र श्रद्धा भन्छन्,'हामीले क्यारेक्टर बच्ने कोसिस गरेका छौँ'  | Khabarhub Khabarhub

पुष्प र श्रद्धा भन्छन्,’हामीले क्यारेक्टर बच्ने कोसिस गरेका छौँ’ 


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘कृष्ण लीला’ मा समावेश ए मेरो हजुर बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका लिड क्यारेक्टर पुष्प खड्का र श्रद्धा क्षेत्री फिचर्ड छन् । फिल्ममा यी दुईले कृष्ण र लीलाको भूमिका निर्वाह गरेका छन् । यी दुईको प्रेममा आउने उतारचढाव नै फिल्मको केन्द्रीय द्वन्द्व हो ।

सार्वजनिक गीतमा रवि ओड र सुनिता कार्कीको स्वर रहेको छ । यसमा संगीत बाबुल गिरीको रहेको छ भने शब्द डाक्टर धर्मराज उपाध्यायले कोरेका हुन् । म्युजिक भिडियोको रूपमा छायांकन गरिएको गीतलाई फिल्मसँग मिल्ने भएकाले समावेश गरिएको हो ।

गीतलाई फिल्ममा सुहाउने किसिमले फिट गरिएको निर्देशक दीपक वलीले बताए । ‘यो कृष्णले म यस्तो भए हुन्थ्यो भनेर इम्याजिन गर्ने गीत हो । त्यसैले यसले हाम्रो कथालाई असर गर्दैन’ निर्देशक वलीले भने । अभिनेता पुष्पले पनि आफूले अटिजम पीडित क्यारेक्टरको भूमिका निर्वाह गरेको बताए । ‘फिल्मको क्यारेक्टर अन्यसँग मेल खाँदैन । तर, अटिजम हुँदा त्यो कोही मिल गयाको ऋतिक , बर्फीको प्रियंका चोपडा झैँ देखिएला यद्यपि यो फरक छ । फिल्म हेरेपछि दर्शकले अझैँ बुझ्नु हुनेछ’ पुष्पले भने ।

अभिनेत्री श्रद्धाले पनि फिल्ममा आफ्नो क्यारेक्टर दुई किसिमको रहेको बताइन । ‘मैले यसमा लीलाको क्यारेक्टर प्ले गरेकी छु । मेरो क्यारेक्टरमा विविधता पाउनु हुनेछ’ उनले भनिन् । निर्माता रत्न श्रेष्ठ आफ्नो कर्म नै फिल्मसँग जोडिएकोले निर्माता बनेको बताए । फिल्ममा बुद्धि तामाङ, रवीन्द्र झा, हिउँवाला गौतम, भावना गुरुङ, नवीन रेग्मीको पनि अभिनय रहेको छ ।फिल्ममा प्रकाशराज कार्की तथा केवल तामाङ निर्माता छन् ।

 फिल्मका प्रस्तुत कर्ता रोहित कट्टेल हुन् । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको गीत सार्वजनिक कार्यक्रममा सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसी , निर्देशक नवल नेपाल , कलाकार भोलाराज सापकोटा , निर्देशक नरेश पौडेल , वितरक गोपाल काजी कायस्थ , निर्मात्री शर्मिला पाण्डे , निर्मात्री पुनम गौतम , निर्देशक प्रदीप श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : १८ बजे

वराहक्षेत्रमा संघीय बजेट : घाउ आँखामा, ओखती नाकमा

काठमाडौं – सङ्घीय सरकारले आगामी आर्थिक वर्षका २०८२/०८३ का सुनसरीको

आङखस्ने समस्याबाट पीडित १५ जनाको शल्यक्रिया

टक्सार– जिल्ला अस्पताल भोजपुरमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्छ भन्ने अडानमै छौँ : सचेतक पाण्डे

काठमाडौं– नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा

स्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य

काठमाडौं- स्कटल्याण्डले नेपाललाई ३ सय २४ रनको लक्ष्य दिएको छ

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार