त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब २३ करोडको बजेट « Khabarhub

त्रियुगा नगरपालिकाले ल्यायो १ अर्ब २३ करोडको बजेट


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-  उदयपुरको त्रियुगा नगरपालिकाले अगामी आर्थिक वर्षका लागि १ अर्ब २३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको नगर सभाको बैठकमा नगर उपप्रमुख महेश्वरी राईले अगामी वर्षका लागि एक अर्ब २३ करोड ५३ लाख ३० हजार ४ सय ४० रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । चालु तर्फ १९ करोड ३० लाख आय सञ्चालन खर्च ४४ करोड ६४ लाख २३ हजार ४ सय ४० रुपैयाँ विनियोजन गरिएको छ ।

नगरपालिकाले आन्तरिक आय १२ करोड ८५ लाख, राजश्व बाँडफाँडबाट प्राप्त हुने १९ करोड ५५ लाख ८५ हजार, प्रदेश सवारी साधना कर १ करोड ७२ लाख ७९ हजार ४ सय ४० रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानबाट हुने २३ करोड ४८ लाख, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ३२ लाख ५९ हजार र चालु आ.ब.को बचत ५ करोड बचत हुने श्रोतबाट खर्च बेहोर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी योजना तर्फ निर्धारित योजनाहरूको लागत सहभागिता तर्फ २३ दशमलव ५२ प्रतिशत १० करोड ५ लाख, नयाँ योजना लागत सहभागी १ दशमलव १२ प्रतिशत ५० लाख, अभरमा नगर १ दशमलव १२ प्रतिशत ५० लाख, जनतासँग मेयर २ दशमलव ८० प्रतिशत १ करोड २५ लाख, जनतासँग उपमेयर २ दशमलव २४ प्रतिशत १ करोड, विपद‍्मा २ दशमलव २४ प्रतिशत १ करोड, सुरक्षित आवास २ दशमलव २४ प्रतिशत विद्युतीकरण स्मार्ट स्ट्रिट लाइट १ दशमलव ४८ प्रतिशत ६६ लाख, वडा सिलिङ ४४ दशमलव ८० प्रतिशत प्रति वडा १ करोड २५ लाखका दरले १६ वडामा २० करोड, प्रदूषण क्षेत्र विकास कोष शून्य दशमलव ५६ प्रतिशत २५ लाख विनियोजन गरिएको छ ।

त्यसैगरी पुँजिगत बजेटको ५० दशमलव ११ प्रतिशत पूर्वाधार विकासमा ४० करोड, सामाजिक विकासमा ३१ दशमलव ९५ प्रतिशत २ करोड ५५ लाख, आर्थिक विकासमा १५ दशमलव ६६ प्रतिशत १ करोड २५ लाख, संस्थागत क्षमता विकास सुशासन १ दशमलव ४१ प्रतिशत ११ लाख २३ हजार ४ सय ४० रुपैयाँ र वन वातावरण विपद र फोहोरमैला शून्य दशमलव ८८ प्रतिशत ७ लाख विनियोजन गरिएको छ ।

निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने र हाम्रो त्रियुगा हामी बनाउँछौँ अभियानमा सबैको साथ, सहयोग पाउनेमा विश्वस्त रहेको उनको भनाइ थियो । विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने, भएकाले प्रशासनिक खर्च भार घटाउने र खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न गर्ने तथा आन्तरिक श्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाउने उनले बताइन् ।

आर्थिक वर्ष २०७९/०८० वार्षिक योजना तथा बजेट तर्जुमा गर्दा आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्‍याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी बढ्ने, स्थानीय सहभागिता जुट्ने स्वयम सेवी परिचालन गर्न सकिने तथा लागत कम लाग्ने, स्थानीय श्रोत साधना र सिपको अधिकतम प्रयोग हुने, महिला बालबालिका तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने, लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने, दिगो विकास वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्‍याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्‍याउने रहेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ७ : ५४ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण