‘एस्ट्रोपड’ डेटिङ एप मेड इन स्टार्स सार्वजनिक | Khabarhub Khabarhub

‘एस्ट्रोपड’ डेटिङ एप मेड इन स्टार्स सार्वजनिक


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ।

नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्‍याउने हिसाबले आज आषाढ १० गते शुक्रबार कम्पनीले लाजिम्पाटको र्याडिसन होटेलमा एप सार्वजनिक गरेको हो।

एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ।

उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले आफू विश्वको सानो हिस्सा भएका कारण विश्वका लागि केही बनाउने प्रवेशद्वारका रुपमा रहेकाले एप डेभलपमेन्टमा विशेषज्ञतासहितको सफ्टवेयर कम्पनी सुरु हाम्रो लक्ष्यका साथ सुरु गरेको बताए।

‘सोही अनुभवलाई नेपालमा पनि बाँड्नका लागि हामीले डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेका हौँ। यो अन्य सामान्य डेटिङ एप भन्दा फरक छ,’ प्रमुख कार्यकारी अधिकृत कोइरालाले भने, ‘यसमा नेपाली युवाहरूले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथीहरू छनोट गर्न सक्ने सुविधा छ र त्यसै आधारमा उनीहरूले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुविधा रहेको छ।’

परियोजनाको सुरुवाती योजना २०१४ मा मानिसहरूलाई एक आपसमा जोड्न र खुसी आदानप्रदान गर्न आईएम अर्थात् इन्स्ट्यान्ट मेसेजिङलाई कम्पनीको मुख्य भिजनरमिशन बनाउने रहेको थियो। तर पर्याप्त लगानीको अभावका कारण हामीले यसलाई स्थगित गर्नु पर्यो।

कोइरालाले रिकेश र विवेक नामका साथीहरूसँग मिलेर एउटा सफ्टवेयर कम्पनी सुरु गरे, आफ्नो एपमार्फत विश्वभर नै ज्योतिष विज्ञानसम्बन्धी सेवा दिनका लागि बनेको परियोजनामा गुरु समुन्द्र नामका अर्का सहकर्मी जोडिएपछि यो ४० जनालाई रोजगारी दिने कम्पनीमा परिणत भयो र यसले हाल विश्वभरमा १० लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गर्दै आइरहेको छ।

एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरूलाई खुसी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो।

१० लाखभन्दा बढी मानिसहरूलाई सेवा प्रदान गरिसकेको अनुभवका आधारमा अधिकांश मानिस आफ्नाबारेमा र आफ्ना सहयात्रीहरूसँगको सम्बन्धका बारेमा थाहा नपाएर दुखी हुने गरेको पाइएको छ। यो अन्तरंग जानकारीले यो टोलीलाई एस्ट्रोपड डेटिङ ( मेड इन स्टार्स नामक एप निर्माण गरेर उक्त समस्या समाधान गर्ने निस्कर्षमा पुर्‍यायो।

सबै मानिसलाई आफ्ना जीवनमा आवश्यक खुसी तथा आबद्धता प्रदान गर्ने ९कम्पनीको मौलिक उद्देश्य आईएम बनाउनु थियो।  यो मोबाइल एप्लिकेशन कोइरालाको टोलीले सुरुवाती दिनदेखि नै बनाउने सपना देखेका थिए।

त्यसमार्फतै उनीहरू प्रविधि र आइडियाबाट मात्र नभई ज्योतिष विज्ञानका माध्यमबाट यो सेवा प्रदान गर्न सफल भएका हुन्।

ग्रह नक्षत्रले हाम्रा जीवन तथा हामीले अनुसरण गर्ने मार्गलाई निकै प्रभाव पार्छन् भन्ने कम्पनीको विश्वास छ। यस्ता प्रभावलाई सुरुमै थाहा पाउन सक्नु ठूलो उपलब्धि र सम्पत्ति पनि हो। त्यसैले कम्पनीको उद्देश्य अङ्ग्रेजी शब्दावली लभ इज नट इन द एयर रहेको हो। यसको तिर्यक मतलब भने वास्तवमा ‘द लभ इज इन द स्टार्स’ हो।

एस्ट्रोपड म्याच के का लागि ?
चर्चित डेटिङ एपहरूले मानिसहरूलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन्।

यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन्।

यी डेटिङ एपहरूले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन्।

यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ।

एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ।

यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ।

यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ। यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ।

हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : १४ बजे

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न

चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी

नवलपरासी– चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा १०

एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात

कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख

नवलपरासी– सडक पूर्वाधार नबन्दा कुनै बेला विकट मानिने सर्दी कालोपत्र

कास्कीको हरिचोक–याम्दी सडक स्तरोन्नतिको काम तीव्र गतिमा हुँदै

गण्डकी– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको स्तरोन्नतिको