९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा मुद्दा दायर « Khabarhub

९९ हजार ९९९ रुपैयाँ भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा मुद्दा दायर


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९९ लाख ९९ हजार ९९९ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक वर्ष २०७६/०७७ का लागि उपमहानगरपालिकाको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ ।

प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ ।

आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध एक करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ८ : ५४ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ