युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने « Khabarhub

युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनी सेना युद्धग्रस्त सेभेरोडोनेत्स्कबाट फिर्ता हुने भएको छ । युक्रेनी सेनालाई पूर्वी लुगान्स्क क्षेत्रको युक्रेन नियन्त्रित क्षेत्रको प्रशासनिक केन्द्र सेभेरोडोनेत्स्कबाट फिर्ता हुन आदेश दिइएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

युक्रेनको सशस्त्र बल र नेशनल गार्डका सिपाहीलाई आफ्नो पकड बलियो भएको सुदृढ स्थानमा फर्किन र ती स्थानबाट सैनिक कारबाही सञ्चालन गर्न आदेश दिइएको लुगान्स्क क्षेत्रीय सैन्य प्रशासनका प्रमुख सेर्ही हाइडाइले जनाएका छन् । सेभेरोडोनेत्स्कका करिब ९० प्रतिशत भवनहरू सैन्य कारवाहीमा क्षतिग्रस्त भएका पनि उनले बताएका छन् ।

गत सोमबार युक्रेनी उपरक्षा मन्त्री हन्ना मल्यारले रूसी सेनाले लुहान्स्क कब्जा गर्ने लक्ष्य राखेको बताएकी थिइन् । रूसी आक्रमणले पूर्वी डोनबास क्षेत्रका शहरको प्रतिरक्षामा जुटेकाहरूलाई कमजोर बनायो भने लुहान्स्क प्रान्तको करिब ९५ प्रतिशत र छिमेकी डोनेस्क प्रान्तको करिब आधा भागमा रूसी सेनाले कब्जा जमाएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि पाँच महिनाअघि आजकै दिन शुरू गरेको ‘विशेष सैन्य कारबाही’ले दुवै देशका नागरिक नराम्ररी प्रभावित भएका छन् । युद्धको प्रभाव क्रमशः विश्व अर्थतन्त्रमा पर्दै गएको छ । युरोपेली देशहरूमा ग्यास आपूर्ति अवरुद्ध भएको छ भने खाद्यान्नलगायत सामग्री आपूर्तिमा पनि अवरोध भएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ४५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना