युएईबाट फर्किएलगत्तै सोमालियाका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि « Khabarhub

युएईबाट फर्किएलगत्तै सोमालियाका राष्ट्रपतिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले संयुक्त अरब इमिरेट्स युएईको यात्राबाट फर्किएलगत्तै कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् ।

सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’

‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’

छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् । मे १५ मा भएको निर्वाचनपछि उनले पहिलो पटक विदेशको औपचारिक भ्रमण गरेका हुन् ।

मोहमुद पूर्व शैक्षिक तथा शान्ति अभियान्ता हन् । उनी पहिले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपति भएका थिए । उनको पहिलो प्रशासन भ्रष्टाचार र लडाइँको कारण प्रभावित बनेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार संकटग्रस्त यस अफ्रिकी राष्ट्रमा २६ हजार ७४८ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । यसमध्ये एक हजार ३६१ जनालाई घातक खालको सङ्क्रमण भएको पुष्टि गरिएको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : १३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु