आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा २२ दिनदेखि कतारको जेलमा | Khabarhub Khabarhub

आफ्नो आइडी अरूलाई दिँदा एक नेपाली युवा २२ दिनदेखि कतारको जेलमा


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि कतार पुगेका एक नेपाली युवा अनाहकमा जेल परेका छन् । सर्लाही कविलासी नगरपालिका वडा न. ४ हेमपुरका राम एकवाल यादवका छोरा धर्मेन्द्र यादव विगत २२ दिनदेखि कतारको जेलमा रहेको सामाजिक अभियन्ता सरोज रायले बताए ।

अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको जानकारी अनुसार धर्मेन्द्रको आइडीबाट एक अमेरिकन नागरिकले अमेरिकाबाट उनलाई जानकारी नदिई शंकास्पद वस्तु मगाएको थियो र त्यसैको छानबिनको लागि धर्मेन्द्र निर्दोष भएर पनि पक्राउ परेका हुन् ।

निर्दोष धर्मेन्द्रलाई थुनामुक्त गराउन नेपालको कन्सुलर विभागमा आफैँले निवेदन दिएको रायले बताए । यस विषयमा दोहास्थित नेपाली दूतावासले पहल गर्ने र कानुनी सहायता चाहिएको अवस्थामा वैदेशिक रोजगार बोर्डलाई कन्सुलर विभागमार्फत वा सोझै जानकारी गराउने उनले बताए।

यस्तो केसमा कतारमा मुद्दा लड्न १५ लाख नेपाली रुपैयाँसम्म कानुनी सहायता बोर्डले उपलब्ध गराउने प्रावधान छ । यो पहिलो घटना होइन, यस अगाडी पनि नेपाली कामदारको आइडी दुरुपयोग गरेर बंगालीले भारतबाट लागूऔषध मगाएको थियो ।

उनीहरु दुवैलाई उद्दारका लागि कानुनी पहल भइरहेको उनले बताए। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आफ्नो पासपोर्ट, आइडी, अकामा, सोसल सेक्युरिटी नम्बर लगायत आफ्नो कागजत कसैलाई पनि नदिन सामाजिक अभियन्ता रायले सुझाएका छन् ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ८ : १५ बजे

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा

साउनको पहिलो दिन पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू) 

काठमाडौं– २०८२ सालको श्रावण महिना आजबाट सुरु भएको छ ।