कैलालीको कुन पालिकाको बजेट कति? | Khabarhub Khabarhub

कैलालीको कुन पालिकाको बजेट कति?


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीका १३ मध्ये १२ पालिकाले शुक्रबार बजेट कार्यक्रम प्रस्तुत गरेका छन् । स्थानीय तहले असार १० गतेभित्रै नीति तथा कार्यक्रमसँगै जेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरुप कैलालीका १२ पालिकाले शुक्रबार आफ्नो पालिकाको बजेट कार्यक्रम सार्वजनिक गरेका हुन् । कैलालीको जोशीपुर गाउँपालिकाले भने शुक्रबार बजेट प्रस्तुत गर्न सकेको छैन । शुक्रबार प्रस्तुत गरिएको पालिकाको बजेट यस प्रकार रहेको छः

धनगढी उपमहानगरपालिका
सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीले आगामी आर्थिक वर्ष २०७९-८० का लागि १ अर्ब ८३ करोड ८९ लाखको बजेट ल्याएको छ । आठौँ अधिवेशनको दोस्रो बैठकमा उपमेयर कन्दकला रानाले प्रस्तुत गरेका बजेटमा चालुतर्फ १ अब ३ करोड १९ लाख ७० हजार र पुँजीगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ ।

आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको बजेट भन्दा १  करोड ७ लाखले बढी छ । धनगढी उपमहानगरपालिकाले चालु आवमा १ अर्ब ८२ करोड ८२ लाखको बजेट पारित गरेको थियो । उपमहानगरपालिकाले आन्तरिक आयबाट २६ करोड, राजश्व बाँडफाँडबाट ४७ करोड २९ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (संघीय सरकार)बाट ९६ करोड ४८ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण  (प्रदेश सरकार)बाट ३५ करोड ३४ लाख र  मौज्दातबाट १० करोड हुने अनुमान गरेको छ ।

उपमहानगरपालिकाले आर्थिक विकास तर्फ १४ करोड ४२ लाख ९ ७ दशमलव ८४ प्रतिशत, सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ९ ४० दशमलव ६ प्रतिशत०, पुर्वाधार विकास तर्फ ४५ करोड  १० लाख ९२५ दशमलव ५३ प्रतिशत  विनियोजन गरेको छ ।  त्यस्तै कार्यालय सञ्चालनमा ४१ करोड ८५ लाख ९२२ दशमलव ७६ प्रतिशत० विनियोजन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने नीति लिएको छ ।  आव २०७९÷०८० को बजेटमा विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाउने प्रस्ताव गरिएको छ ।

त्यस्तै, करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने प्रस्ताव बजेटमा गरिएको छ । खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक श्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता बजेटमा उल्लेख गरिएको छ ।

कैलारी गाउँपालिका 
कैलालीको कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ५९ करोड २५ लाख २१ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले चालु आर्थिक वर्ष २०७८-७९ का लागि ६३ करोड ५१ लाख ८५ हजार रुपियाँ बजेट प्रस्तुत गरेको हो ।

बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष राज समझ चौधरीले गाउँपालिकाले सशर्तका कार्यक्रमतर्फ २५ करोड ८५ लाख, कार्यालय सञ्चालन प्रशासनिक (चालु)तर्फ १० करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरेका हुन् । यसैगरी, समपूरक कोषतर्फ ६ करोड ५० लाख, क्रमागत तथा अधुरा योजनातर्फ ८० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

कैलारी गाउँपालिकाले शुक्रबार नै पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । विगतका असल अभ्यासलाई गाउँपालिकाले संस्थागत गर्दै लैजाने र कमी कमजोरीलाई न्यूनीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

साथै, समावेशी सिद्धान्तका आधारमा पूर्ण पारदर्शी रुपमा बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बताए । त्यस्तै, भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको राष्ट्रिय भूमि आयोग तथा अन्य सरोकारवालासँग समन्वय गरेर व्यवस्थापन गरिने उल्लेख गरे ।

कैलारी गाउँपालिकाले गाउँपालिकाको साझा सवालको सम्बोधन तथा समग्र कैलारी गाउँपालिकाको दिगो विकासका लागि गाउँपालिकामा क्रियाशील राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि, भलमन्सालगायत सरोकारवालासँग समन्वय तथा सहकार्य गर्ने जनाइएको छ ।
कैलारी गाउँपालिकाले आगामी आर्थिक वर्षमा अन्य स्थानीय तहसँग समन्वय गरी दमकल सञ्चालन गर्ने, वन तथा वन्यजन्तु पशुपन्छी संरक्षणका कार्यक्रम सञ्चालन गर्ने लगायत नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँसभाको अर्को बैठक असार १६ गते बोलाइएको छ ।

गोदावरी नगरपालिका
कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब २५ करोड बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको छ । शुक्रबार बसेको गोदावरीको नगरसभामा आगामी आर्थिक वर्षको बजे प्रस्तुत गर्दै नगरप्रमुख बिरेन्द्र भट्टले १ अरब २५ करोड ८ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले चालुतर्फ ७१ करोड २३ लाख २५ हजार र पुँजीगततर्फ ५३ करोड ८५ लाख २५ हजार विनियोजन गरेको छ । नगर सभामा बजेट प्रस्तुत गर्दै नगरप्रमुख भट्टले स्वास्थ्य, शिक्षा र कृषिलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

टीकापुर नगरपालिका 
कैलालीको टीकापुर नगरपालिकाले आर्थिक वर्षका लागि ८५ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको ११ औँ नगरसभामा बैठकमा नगर उपप्रमुख खडकबहादुर शाहले ८५ करोड ८ लाख ८४ हजार १ शय ६० रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपूरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ सय ६० रुपैयाँ, मालपोत दर्ता ३ करोड ७५ लाख, बचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

नगर सभामा प्रस्तुत बजेटमा विपद् व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपूरक कोषमा ७ करोड विनियोजन गरिएको छ । यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनीकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त सञ्चार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बर्दगोरिया गाउँपालिका 
कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७६ करोड ७० लाख बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले शुक्रवार १० औँ गाउँसभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

बर्दगोरियामा संघीय सरकारबाट ४४ दशमलव ६९ करोड र प्रदेश सरकारबाट १ दशमलव ५१ करोड बजेट सुनिश्चित भएको छ । पालिकाको आन्तरिक आय २ करोड ५० लाख हुने अनुमान गरिएको छ । नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदान ३ करोड ९५ लाख, समपूरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ५८ लाख, केन्द्र सरकारको राजस्व बाँड्फाँडबाट ९ करोड ५२ लाख २६ हजार र सशर्त पुँजीगत अनुदान २ करोड ७८ लाख गरी कुल  ४४ करोड ६९ लाख २६ हजार प्राप्त हुने भएको छ ।

यस्तै प्रदेश सरकारको विशेष अनुदान २७ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान ८९ लाख १८ हजार, समपूरक अनुदान ११ लाख राजस्व बाँडफाँडबाट   हजार गरी कुल १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ ।

यता गाउँपालिकाको आन्तरिक स्रोतबाट ७५ लाख, राजस्वबाट ७५ लाख र गाउँपालिकाको अन्य स्रोत रोयल्टी समेत गरी बाट करिब १ करोड गरी आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रकम संकलन हुने अनुमान गरिएको छ । पालिकामा सामाजिक सुरक्षा भत्तामार्फत २० करोड प्राप्त हुने छ भने ८ करोड रुपैयाँ बैङ्क मौज्दाद रहेको जनाइएको छ ।

लम्कीचुहा नगरपालिका
कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड बढीको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
शुक्रबार बसेको नगरसभाको बैठकमा बजेट कार्यक्रम प्रस्तुत गर्दै लम्कीकी मेयर शुशीला शाहीले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड ४४ लाख २५ हजार बराबरको अनुमानित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, सडकलाई प्राथमिकता दिइएको छ ।

गौरिगंगा नगरपालिका
कैललीको गौरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड ६४ लाख ७५ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गौरिगंगाको १२औँ नगरसभामा उपप्रमुख भोजबहादुर बमले संघीय समानीकरणतर्फ १७ करोड ७० लाख, सशर्त अनुदानबाट २० करोड ५२ लाख, सशर्त अनुदान पुँजीगतबाट तीन करोड १४ लाख, समपूरक अनुदान पुँजीगतबाट ८० लाख, विशेष अनुदानबाट ५० लाख, प्रदेश समानीकरणबाट एक करोड ३० लाख १९ हजार आयको अनुमानित विवरण पेस गरे ।

भजनी नगरपालिका
कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७० करोड ६९ लाख १७ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । भजनीमा चालुतर्फ १७ करोड ५५ लाख र पुँजीगततर्फ ५३ करोड १४ लाख १७ हजार रुपैयाँको बजेट उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरे । भजनीको आन्तरिक आय दुई करोड ७५ लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले सुशासन कायम गर्न नगर प्रहरी राख्ने, जनतासँग मेयर, आमासँग उपमेयर कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

घोडाघोडी नगरपालिका
कैलालीको घोडाघोडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब एक करोड २३  लाख २९ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार सम्पन्न नगरसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, खेल क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेको हो ।

जानकी गाउँपालिका
कैलालीको जानकी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६९ करोड ३० लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । जानकीको दसौँ गाउँसभामा उपाध्यक्ष लालमती कठरियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै चालुतर्फ ४५ करोड ८४ लाख पाँच हजार ५ सय १६ रुपैयाँ र पुँजीगत खर्चतर्फ २३ करोड ५४ लाख ९४ हजार ४ सय ८३ रुपैयाँको अनुमानित बजेट पेश गरेकी हुन्। आयतर्फ आन्तरिक स्रोत राजस्व परिचालनबाट तीन करोड नौ लाख  ५५ हजार, संघीय सामानीकरण अनुदानबाट १५ करोड ८६ लाख, संघीय राजस्व बाँडफाँटबाट १३ करोड ५२ लाख  ५१ हजार, संघीय सशर्त अनुदानतर्फ २४ करोड ३० लाख प्राप्त हुने जनाइएको छ ।

मोहन्याल गाउँपालिका
कैलालीको मोहन्याल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४४ करोड ८९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बसेको गाउँसभाले ४४ करोड ८९ लाख १२ हजार रकमको बजेट पेस गरेको हो ।

चुरे गाउँपालिका
कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४६ करोड ५१ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । शुक्रबार बजेट प्रस्तुत गर्दै चुरे गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

– न्युज कारखानाबाट

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : ११ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

आज २०८१ साल पुस ४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस ४ गते बिहीबार तदनुसार

बाहिरियो रवि हिरासतमा सुतेको तस्बिर, रास्वपा नेताले उठाए प्रश्न

काठमाडौं – प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

एकीकृत समाजवादीमा झलनाथलाई रोजेकै विभाग, विद्यार्थीको जिम्मा झाँक्रीलाई

काठमाडाैं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको जिम्मेवारी तोकेको छ

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्