एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै  « Khabarhub

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै 


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ ।

मन्त्री फेर्ने विषयले पार्टीमा आन्तरिक विवाद चर्किएका बेला केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजे बैठक सुरु हुनेछ । शुक्रबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिसकेको छ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी रणनीति, वर्तमान सङ्गठनात्मक अवस्थालगायतका विषयमा छलफल गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका छन्।

पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा भएको संगठन विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तर्क्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे बैठकमा समीक्षा हुनेछ ।

पछिल्लो समय सरकारमा सहभागी मन्त्री फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णयपछि एकीकृत समाजवादीमा किचलो बढ्दै गएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ९ : २४ बजे

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान