भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’ « Khabarhub

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । 

यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारका अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गरेको छ । 

प्रदर्शनीमा कुकुरहरुले दौड प्रतियोगिता, बेपत्ताको खोजी, शङ्कास्पद वस्तुको निगरानी एवं पहिचान, अपराधीको गन्धबाट खोजी, हाई जम्पलगायत विभिन्न कला प्रदर्शन गरिएको थियो । गुल्ममा रहेको सबै कुकुरको आज एकैसाथ पूजा गरिएको छ ।

कार्यक्रममा नेपाली सेनाका उपरथी हरेन्द्र पाठकले कुकुर कतव्यनिष्ठ इमान्दार पशुका रुपमा लिइने र भैरबका वाहनका रुपमा यसलाई पुजिने बताए ।

उनले मानिसभन्दा एक लाख गुणा बढी कुकुरमा सुँघ्न सक्ने क्षमता रहेकाले कतिपय अपराधका घटनामा सुँघेर पत्ता लगाउन यहाँका तालिमप्राप्त कुकुरको प्रयोग गरिने बताए  । 

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय श्रेष्ठ, वडाका वडाध्यक्षहरु, नेपाली सेनाका विभिन्न गुल्ममा गुल्मपतिहरुलगायतले कुकुरको कला प्रदर्शनीको अवलोकन गरेका थिए । 

गुल्मपति सेनानी निज महराले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुन सक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरूको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरूको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराएका थिए । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।

यस गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा पनि कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।

हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रूपमा पनि लिने गरिन्छ भने कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने इमान्दार जनावरका रूपमा लिइन्छ । 

कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको वाहनका रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ४ : ०९ बजे

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार

कांग्रेस सहमहामन्त्री शिवाकोटी साइबर ब्युरोभित्रै, कानून व्यवसायीलाई प्रवेशमा रोक

काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर– यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार

‘तिरिमिरी झ्याइँ’ को फर्स्टलुक सार्वजनिक, माघ २८ मा प्रदर्शन हुने

काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान