बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै, स्थानीयद्धारा सुरक्षाको माग « Khabarhub

बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै, स्थानीयद्धारा सुरक्षाको माग


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – बर्दियाको मधुवन नगरपालिका–२ का स्थानीयले सुरक्षाको माग गरेका छन् । गत जेठ २३ गते छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि सुरक्षाको माग गरीएको हो ।

वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारुको ज्यान जानुको साथै मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।

उक्त घटनाको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो। वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताए ।

विगतका वर्षको तुलनामा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा छ गरी २९ जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार दुवै निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम बढेको छ ।

पछिल्लो समय बाघको सङ्ख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको उनले बताए । बर्दियामा चालु आर्थिक वर्ष २०७८-०७९ मा पाँच जना, ०७७-०७८ मा सबैभन्दा बढी १२ जना र ०७६-०७७ मा छ जना गरेर २३ जनाको ज्यान गएको छ । उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलोपटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताए ।

बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरुङको भनाइ छ । बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न छ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ । बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिए । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ ।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : १४ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको