पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल « Khabarhub

पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनु पर्दैन- माधव नेपाल


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र बहस र विवाद हुँदा आत्तिनुपर्ने अवस्था नभएको बताएका छन्।  पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा विवाद हुन्छ भनेर कतिपय तर्किने गरेको सुन्नमा आएको समेत बताएका हुन्।

उनले भने, ‘अहिले हामी पार्टीको चौथो बैठक बसिरहेका छौँ। पार्टी विधानलाई ध्यानमा राखेर अगाडि बढेका छौँ। बैठकमा बस्दा विषयवस्तुमा छलफल गर्दा बहस विवाद हुन्छ। तर्क वितर्क हुन्छ। आत्तिनुपर्ने छैन। विवाद हुन्छ भन्ने कतिपय तर्किने गरेको सुन्नमा आएको छ। बैठक भनेको झ्याउ हो भनेर टार्ने गरेको विभिन्न स्तरमा रहेको सुन्नमा आएको छ। बैठक छल्नुपर्दैन।’

एमालेबाट विद्रोह गरेर आयोगबाट वैधानिकता हासिल गरेर सबै गतिविधिलाई अगाडि बढ्दा छोटो समयमा राम्रो उपलब्धि प्राप्त गरेको उनले बताए । आ–आफ्नो प्रदेश, जिल्ला, पालिका वडा तहसम्म निर्माण गरेको कमिटी र संगठन चलायमान बनाउन निर्देशन समेत दिएका छन् । 

कम्युनिष्ट पार्टीमा आलोचना र आत्मालोचना पद्धति स्थापित भएको समेत उनको भनाइ छ । 

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  १ : ३८ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि