सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी « Khabarhub

सुन्तला किन्न व्यापारी बगैँचामै पुगेपछि किसान खुसी


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बिक्री गरेका छन् ।

आफ्नो फार्ममा उत्पादित सुन्तला काठमाडौंस्थित अकिष्टा नेपाल प्रालिले खरिद गर्ने सम्झौता गरेसँगै बजारीकरणमा सहज भएको हो । पित्लेक कालिका कृषि फार्म र अकिष्टा नेपाल प्रालिबीच यहाँ उत्पादित सुन्तला खरिद बिक्री गर्ने सम्झौताअनुरुप कार्यान्वयन भएकाले उत्पादित सुन्तलाको बजारीकरणमा सहज भएको अगुवा कृषक लामिछानेले बताए ।

‘कम्पनीसँग यसवर्ष सम्झौता भएबमोजिम प्रतिकेजी ६५ रुपैयाँका दरले हामीले बिक्री ग¥यौँ’, उनले भने, ‘कम्पनीबाट दुई–तीन जना कामदारसहित गाडी आयो, सुन्तला टिपेर लोड गरेर पठायौँ, ग्राहक खोज्नुपर्ने झन्झट भएन ।’ कम्पनीसँग सम्झौता गरेर काम गर्दा अझै विश्वासिलो आधार भएकाले आफ्नोसहित अन्य छिमेकीहरुको पनि सुन्तला टिपेर पठाइएको उनले बताए । किसान लामिछानेले यस वर्ष ६० क्विन्टल सुन्तला प्रतिकेजी ६५ रुपैयाँका दरले बिक्री गरिसकेका छन् ।

यस वर्ष बिक्री भएको सुन्तलाबाट तीन लाख ९० हजार आम्दानी भइसकेको र अब २५–३० हजारको सुन्तला बिक्री हुन बाँकी रहेको उनको भनाइ छ ।

गत वर्ष पनि सुन्तला बिक्रीबाट तीन लाख २५ हजार आम्दानी गरेका लामिछानेले यस वर्ष चार लाखभन्दा बढी आम्दानी गरेका छन् । दश वर्ष पहिला व्यावसायिकरुपमा सुन्तलाखेती थालेका लामिछानेको बगैँचामा हाल पाँच सय ५० बोट सुन्तला छन् । ती बोटमध्ये हाल तीन सय ५० बोटले फल दिन्छन् भने अरु बोट सानै छन् । विगत पाँच वर्षदेखि सुन्तला बिक्री गरी आम्दानी लिन थालेका हुन् ।

गत वर्ष पनि काठमाडौँकै एक कम्पनीसित सुन्तला खरिद बिक्रीको सम्झौता भएर बिक्री गरेको उनको भनाइ छ । लामिछानेले जस्तै जिल्लाका अधिकांश व्यावसायिकरुपमा सुन्तला उत्पादन गर्ने कृषकले व्यापारीसित सम्झौता गरेर बजारीकरण गर्दै आएका छन् ।

स्वादका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौं, पोखरा, नारायणगढ, बुटवललगायतका ठूला सहरका व्यापारी तथा कम्पनीले बगैँचाबाटै खरिद गर्ने गरेका छन् । व्यापारीले बगैँचाबाटै सुन्तला खरिद गरिदिने भएकाले पनि जिल्लामा उत्पादित सुन्तलाको बजारीकरणमा समस्या नभएको हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : १८ बजे

टी–२० विश्वकपमा अमेरिकाको लगातार दोस्रो जित, नामिबियाको तेस्रो हार

काठमाडौं- भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकपमा अमेरिकाले लगातार

संघीयताको चमत्कार हेर्न नुवाकोटको किस्पाङ जानू !

किस्पाङ, नुवाकोट– दृश्य-एक बिहीबार सबेरै बिहान उठेर चिहाउँदा तीन हजार

पशुपतिनाथको दर्शनमा पुगे राष्ट्रपति, प्रधानमन्त्रीसँगै अन्य मन्त्री

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शन एवं पूजा

पल शाहको करिअरकै हिट फिल्म बन्यो ‘आबाट आमा’

काठमाडौं – नायक पल शाहको करिअरकै सबैभन्दा हिट फिल्म ‘आबाट