कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य छ : नेता गौतम « Khabarhub

कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य छ : नेता गौतम


११ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिष्ट पार्टीलाई जोगाउनका लागि एकता अपरिहार्य रहेको बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोस्रो भेलामा गौतमले कम्युनिष्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबिच एकता हुनुपर्ने बताएका हुन् ।

स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रूपमा र  प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गरे। उनले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गरे। अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफू नै उक्त भूमिका निर्वाह गर्ने उनको भनाइ छ । उनले एकताका लागि आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए।

उनले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगायतको आरोप फिर्ता नलिँदा पार्टी विभाजन भएको र आफू एकताको पक्षमा लागेको जिकिर गरे।

प्रकाशित मिति : ११ असार २०७९, शनिबार  ३ : ५३ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको