अमेरिकाको शिकागोमा गोली प्रहार, एक जनाको मृत्यु « Khabarhub

अमेरिकाको शिकागोमा गोली प्रहार, एक जनाको मृत्यु


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क—शिकागोको एउटा गोदाममा गोलाबारी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गोली लागेर एक जनाको मृत्यु भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बोलिङब्रुक प्रहरी विभागले जनाएको छ ।

संदिग्ध आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आक्रमणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुन ल्याउने तयारी भइरहेका बेला पछिल्लो हमला भएको हो ।

बन्दुक नियन्त्रण सम्बन्धी विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पारित भइसकेको छ ।

तल्लो सदनबाट पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यो कानुन बन्नेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ६ : २७ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको