बेल अमेरिकी क्लबमा अनुबन्ध « Khabarhub

बेल अमेरिकी क्लबमा अनुबन्ध


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फरवार्ड ग्यारेथ बेल अमेरिकाको एमएलएस क्लब लस एन्जलस एफसीमा फ्री ट्रान्सफरमा एक सिजनका लागि अनुबन्धित हुने भएका छन्।

वेल्सका कप्तान तथा फरवार्ड ३२ वर्षीय बेल स्पेनिस क्लब रियल मड्रिड छाडेपछि क्लब विहीन थिए । बेलले ९ वर्ष रियलमा बिताएर सिजनको अन्त्यसँगै क्लब छाडेका थिए।

सन् २०१३ मा ८० मिलियन पाउण्डमा टोटेनहमबाट रियल आएपछि बेलले रियलका लागि २५८ खेलमा १०६ गोल गरेका छन् ।

यस अघि लस एन्जलसले इटालीका पूर्व डिफेन्डर तथा पूर्व कप्तान जर्जियो केलिनीलाई अनुबन्ध गरिसकेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ८ : ३४ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी