अख्तियारद्वारा विजयपुरका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

अख्तियारद्वारा विजयपुरका प्रमुखसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन र हालका नगरप्रमुख गोपाल राय यादवसहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा फतुवा विजयपुर नगरपालिकाका तत्कालीन नगर उपप्रमुख कान्ती देवी, वडा नं. १ का तत्कालीन वडाध्यक्ष संजय प्रसाद, वडा नं.२ का तत्कालीन वडाध्यक्ष भविछन राय यादव, वडा नं.३ का तत्कालीन वडाध्यक्ष दिपनारायण साह, वडा नं.५ का तत्कालीन र हालका वडाध्यक्ष शेख एजाज अहमद रहेका छन् ।

यस्तै, सोही नगरपालिकाको वडा नं.६ का तत्कालीन वडाध्यक्ष हिरा राय यादव, वडा नं.८ का तत्कालीन वडाध्यक्ष र हालका नगर कार्यपालिकाका सदस्य उमाशंकर साह कलवार, वडा नं. का तत्काली वडाध्यक्ष दिपनारायण चौधरी, वडा नं. १० का तत्कालीन वडा अध्यक्ष योगेन्द्र प्रसाद चौधरी, वडा नं.११ का तत्कालीन र हालका वडाध्यक्ष ज्ञानेन्द्र चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियारले नगर कार्यपालिकाका तत्कालीन नगर कार्यपालिका सदस्य लक्ष्मण साह कानु, तत्कालीन नगर कार्यपालिका सदस्य सुन्दरी माझी, तत्कालीन नगर कार्यपालिका सदस्य र हाल वडा नं. ७ को वडा सदस्य जिरनी देवी, तत्कालीन गर कार्यपालिका सदस्य फुल कुमारी देवी, संजु देवी जयसवाल, शशी कुमार साह र रबिन्द्र कुमार निधिविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा फतुवा विजयपुर नगरपालिका, नगर कार्यपालिका रौतहटका तत्कालीन समयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सागर कुमार रोका, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोकुल ढुंगेल र निमित्त प्रमुख प्रशासकीय अधिकृत रन्जना साह रहेका छन् । दायर गरिएको मुद्दामा अख्तियारले सबैसँग एक करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ बिगो दाबी गरेको छ ।

अख्तियारका अनुसार रौतहटको गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का लगाउने सम्झौता गरेका थिए ।

सम्झौताअनुसार प्राप्त हुन आउने आयको फतुवा विजयपुर नगरपालिकाले ६० प्रतिशत र गुजरा नगरपालिकाले ४० प्रतिशत रकम वाडँफाँड गर्ने निर्णय भएको थियो ।

फतुवा विजयपुर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लाल बकैया नदीको ठेक्का प्रचलित ऐन नियम विपरीत रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्‍याएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उक्त कार्यमा संलग्न व्यक्तिहरुले भ्रष्टाचार गरेको पाइएपछि अख्तियारले आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : ५१ बजे

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र

हाजिर जमानीमा छुटे कलकार ‘बले’, प्रहरीले लगायो परिवारको जिम्मा

काठमाडौं – कलाकार सागर लम्साल ‘बले’ शुक्रबार हाजिरी जमानीमा रिहा

उपसभामुखको निर्वाचन : राप्रपाकी सरस्वतीलाई ५ भोट, एमाले तटस्थ बस्यो

काठमाडौं- प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उम्मेदवार सांसद

ब्लकबस्टरको रातपातमा ‘राम नाम सत्य’ साइन गरेका विराजलाई फिल्म चलाउन ‘माउथ पब्लिसिटी’को भर

काठमाडौं – गत वर्षको दशैँमा प्रदर्शनमा आएको ‘१२ गाउँ’ ब्लकबस्टर

यो वर्षका शीर्ष तीन हिट फिल्मभन्दा ‘पूर्णबहादुरको सारङ्गी’को व्यापार बढी

काठमाडौं – कुन फिल्मलाई हिट मान्ने ? यसको स्पष्ट जवाफ