आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न केपी ओलीको आग्रह « Khabarhub

आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा लाग्न केपी ओलीको आग्रह


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समग्र उद्योग र व्यवसायलाई नभई सीमित घरानालाई लाभ हुने गरी बजेट ल्याएकाले त्यसको आलोचना गर्न नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ लगायतका संस्थालाई आग्रह गरेका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको पहिलो बैठक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योग र वाणिज्य क्षेत्रमा सरकारका गलत कदमको आलोचना गर्नुपर्ने बताए ।

उनले आर्थिक क्षेत्रका लागि नीति बनाउँदा सो विभागले निजी क्षेत्रलाई अगाडि बढ्न प्रोत्साहन गर्ने नीतिसँगै सरकारी स्वामित्वमा रहेका उद्योग, कलकारखाना र आपूर्तिसँग सम्बन्धित संस्थाहरूको संरक्षण हुने गरी राम्रो गृहकार्य गरी आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको पक्षमा सल्लाह सुझाव दिनुपर्ने निर्देशन दिए ।

विभागका प्रमुख मोति दुगडको अध्यक्षतामा भएको बैठकलाई सो पार्टीका महासचिव शङ्कर पोखरेलले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना