राजनीतिबाट सन्यास लिएर आनन्दले बस्न योगेश भट्टराईको माधव नेपाललाई सुझाव « Khabarhub

राजनीतिबाट सन्यास लिएर आनन्दले बस्न योगेश भट्टराईको माधव नेपाललाई सुझाव


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका छन् ।

आइतवार प्रतिनिधिसभाको बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले माधवकुमार नेपाल राजनीति र जीवन दुवैको उत्तरार्धमा रहेकाले सन्यास लिन सुझाव दिएका हुन् ।

नेता भट्टराईले राजनीतिबाट सन्यास लिने बेलामा अर्को पार्टी बनाउँदै हिँड्नुको कुनै तुक नभएको र आफूले गरेका गल्तीहरूलाई सुधारेर नयाँ पुस्तालाई राजनीति र मुलुक सुम्पेर आनन्दले बस्न पनि अध्यक्ष नेपाललाई सुझाव दिए ।

‘उहाँ अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भनेर धूलो उडाउँदै हिँड्नुभएको छ, त्यो असम्भव कुरा हो, माधव नेपाल सन्यासी भएर बस्ने हो, मुख छोडेर बस्ने होइन,’ उनले भने ।

अध्यक्ष नेपालले यसअघि एक भाषणमा ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए । त्यसबारे पत्रकारले सोधेको प्रश्नमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ९ : १८ बजे

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क