एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित « Khabarhub

एमालेको अवरोधपछि प्रदेशसभा बैठक स्थगित


१२ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाको अठारौँ बैठक अवरोध गरेपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

प्रतिपक्षी दलका नेता यामलाल कँडेलले प्रदेश सरकारले चालु आव २०७८/७९ बजेटमा गठबन्धन सरकारले एमालेसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै चर्को विरोध गरे।

“बजेट निर्माणका सवालमा पनि सरकारले एमालेसँग सहकार्य गरेर अघि बढ्ने लिखित सहमति भयो,” उनले भने, “योजना टुक्र्याउने, मुख्यमन्त्री रोजगार कार्यक्रम सच्याउनेजस्ता काम भयो । हरेक कुरामा सहमति विपरीत कार्य भए । यो एमालेका लागि यो सह्य हुँदैन ।”

नेता कँडेलले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको किताब तथ्य नभएको तर सुदूरपश्चिमका तीन जिल्ला पनि कर्णालीको बजेट ल्याएर सीमाना विस्तार गरेको कटाक्ष गरे । हुँदै नभएको जिल्ला र भूगोललाई समेटेर ल्याएको बजेटलाई समर्थन गर्न नसकिने र सभा सञ्चालन गर्न नदिने भन्दै एमालेले बैठक अवरोध गरेको थियो ।

बजेटमाथिको सैद्धान्तिक छलफलबाट एमालेले दिएको सुझाव ग्रहण सरकारले नगरेको भन्दै बैठकको काम कारबाही रोकिएपछि सभामुख राजबहादुर शाही एमालेका प्रदेशसभा सदस्यलाई बैठक सञ्चालनका लागि आग्रह गरे ।

अवरोध जारी भएपछि सभामुख शाहीले असार १३ गते दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ११ : १४ बजे

रास्वपा महाधिवेशनमा पुगेर राजेन्द्र लिङ्देनले भने- शुभकामना दिन आएँ   

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमै पूरा गरे अर्धशतक

नयाँदिल्ली- भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा

पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब

विश्वकपमा जापानको गोल वर्षा : ट्युनिसिया समूह चरणबाटै बाहिरियो

काठमाडौँ – विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–०

कांग्रेस सभापति थापा रास्वपा महाधिवेशको उद्घाटन समारोहमा सहभागी हुने

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)