एनआरएनए स्वास्थ्य सम्मेलनमा महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने « Khabarhub

एनआरएनए स्वास्थ्य सम्मेलनमा महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता हुने चौथो विश्व स्वास्थ्य सम्मेलनमा राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महावीर पुनले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

अस्ट्रेलियाको सिड्नी सहरमा आयोजना हुने सम्मेलनको तयारीका लागि आइतबार समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकले सुझाव संकलन गरेको थियो । उनले स्वास्थ्य समितिको आयोजनामा हुने सम्मेलनमा भाग लिन विश्वभरका स्वास्थ्यकर्मी उत्साहित रहेको बताए । सापकोटाले सम्मेलनमा नेपालका स्वास्थ्य मन्त्रीलगायत अष्ट्रेलिया सरकारको तर्फबाट उच्च अधिकारीहरुले भाग लिने जानकारी दिए ।

बैठकमा डा. राजु अधिकारीले सिड्नी सम्मेलनका लागि आवश्यक तयारीको बारेमा जानकारी गराएका थिए । उनले सम्मेलनमा भाग लिन चाहनेहरूको संख्या उल्लेख्य रुपमा वृद्धि हुँदै गएको पनि बताए ।

स्वास्थ्य समिति युरोपका संयोजक बोधराज सुवेदीले सम्मेलनमा भाग लिन चाहने अनुसन्धानकर्ताहरुलाई समयमै आवश्यक जानकारी पठाउनुपर्नेमा जोड दिए । बैठकमा समितिका सदस्य सचिव डा. सुनिल शाहले अस्ट्रेलिया र बेलायतमा कार्यरत चिकित्सकहरुबीच एक सञ्जालको स्थापना गरी सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले सम्मेलनमा नेपाली चिकित्सक र अनुसन्धानकर्ताहरूको सहभागितामा जोड दिए ।

नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. शिवप्रसाद श्रेष्ठले संघका सदस्यहरुलाई समेत सम्मेलनमा भाग लिन प्रोत्साहन गरिने जानकारी दिए । डा. सुहेल सापकोटाले हालसम्म ३१ जना चिकित्सकहरुले सम्मेलनमा भाग लिन आफ्नो नाम दर्ता गरेको जानकारी गराए । डा. पुष्पराज भट्टराईले अफ्रिका क्षेत्रमा रहेका नेपाली चिकित्सकहरु सम्मेलनमा भाग दिन उत्साहित रहेको बताए ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  ८ : ४७ बजे

होल्डिङ सेल्टरमा भेषराजको मृत्युको कारण : रोग कि व्यवस्थापनको कमजोरी ?

काठमाडौं– उपत्यकाका विभिन्न सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएपछि विस्थापित बनेका

बिपी राजमार्ग : रातको समयमा अनिश्चितकालीन बन्द थप

काभ्रेपलाञ्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन

त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता

दमौली– तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा

सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चाँदनी सुक्खा बन्दरगाह अवलोकन

महेन्द्रनगर– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसहितको टोलीले आज कञ्चनपुरको दोधारा चाँदनीमा