नवनियुक्त श्रममन्त्री कुँवर को हुन् ? | Khabarhub Khabarhub

नवनियुक्त श्रममन्त्री कुँवर को हुन् ?


१३ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर नियुक्त भएका छन् । एकीकृत समाजवादीको गत २० जेठमा बसेको सचिवालय बैठकले कुँवरसहित अन्य चार जनालाई मन्त्रीका लागि सिफारिस गरे पनि तीन सातापछि मन्त्री नियुक्त भएका हुन् ।

विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा लागेका कुँवरले तत्कालीन माओवादी जनयुद्धमा समेत एमालेलाई जिल्लामा स्थापित गराउन सक्रिय भूमिका निर्वाह गरेका थिए । कुँवरको जन्म अछाम जिल्लाको साबिक पायल गाविस बडा नम्बर ५ मा स्व. कर्णसिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ वैशाख २६ गते जन्म भएको हो । यद्यपि उनको नागरिकतामा भने २०२३ भदौ ६ गतेको जन्म मिति उल्लेख रहेको कुँवर बताउँछन् । कुँवर पाँच दाजु र तीन दिदीहरूमध्ये कान्छो सन्तान हुन् ।

सादगीपन र स्वच्छ छवि भएका नेता कुँवर पार्टीभित्र कुशल संगठक मानिन्छन् । २०३९ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुबाट औपचारिक राजनीतिमा होमिएका उनी हालसम्म निरन्तर कम्युनिष्ट राजनीतिमा सक्रिय छन् ।

नेता कुँवरले पटकपटक पार्टीको जिल्ला तहको नेतृत्व सम्हालेका छन् । उनले २०६२ मा तत्कालीन एमालेको जिल्ला कमिटी सचिव, ०६९ मा एमाले जिल्ला कमिटी अध्यक्ष, २०७६ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला कमिटी अध्यक्ष, नेकपा विभाजनपछि २०७८ मा एकीकृत समाजवादीको पहिलो जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । नेता कुँवर २०७४ मा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए ।

हाल उनी एकीकृत समाजवादीको प्रदेश कमिटी उपाध्यक्ष, सुदूरपश्चिम प्रदेश संगठन विभाग प्रमुख एवं केन्द्रीय संगठन विभाग सदस्य हाल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुन् ।

नेता कुँवर विद्यार्थीकालदेखि जुझारु नेता मानिन्छन् । पार्टी संगठनका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहने नेता कुँवर विभिन्न आन्दोलनका क्रममा गिरफ्तारसमेत परेका थिए । उनी २०४७ को जनआन्दोलनमा काठमाडौँको बग्गीखानामा एक हप्ता जेल परेका थिए । यस्तै २०५१ मा गाउँमा अन्यायका विरुद्ध आवाज उठाउँदा सार्वजनिक मुद्दा लगाइएपछि झन्डै पाँच दिनसम्म उनी थुनामा परेका थिए ।

तत्कालीन माओवादी जनयुद्धका कारण अन्य पार्टीहरू संकटमा परिरहेका बेला नेता कुँवरले अछाममा एमालेको बिउ जोगाएका थिए । सो समयमा अछाम सदरमुकाम मंगलसैनमा रहेर उनले कठिन र जोखिमयुक्त राजनीतिक यात्रा अघि बढाएका थिए । यद्यपि जिल्लामा बसेर पार्टी क्रियाकलापमा सक्रिय भए पनि  जनयुद्धको समयमा समेत कुनै सुरक्षा थ्रेट नआएको उनी बताउँछन् ।

मन्त्री नियुक्त भएका कुँवरले मन्त्री पदमा सोमबार बिहान ११ बजे  पद तथा गोपनीयताको शपथ लिँदैछन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै नवनियुक्त मन्त्रीहरूले शपथ लिन लागेका हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ असार २०७९, सोमबार  १० : १८ बजे

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर

इजरायलले मध्यपूर्वको सुरक्षामा खतरा निम्त्यायो : राष्ट्रपति एर्दोगान  

एजेन्सी – टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगान इजरायलले मध्यपूर्वको सुरक्षामा