बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा « Khabarhub

बागलुङको पश्चिम क्षेत्रमा पुग्यो मोबाइल सेवा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ –  सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका–४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्‍याएको छ । छिमेकी तमान गाउँमा रहेको बिटिएस टावरबाट अप्टिकल फाइबारमार्फत नेटवर्क पुर्‍याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ ।

यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए । इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन । अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।

भौगोलिक कठिनाइका कारण रेडियो लिङ्कमार्फत सेवा पुर्‍याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ । ‘लाममेलाका झन्डै तीन सय घरधुरीले भ्वाइस र डाटामा स्तरीय सेवा पाएका छन्, ’ उनले भने, ‘बागलुङ र म्याग्दीको सीमामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा पुग्ने पर्यटकलाई पनि टेलिकमको सेवाबाट लाभ पुग्छ । ’

वरिष्ठ इन्जिनियर शर्माले दुर्गम भेगलाई लक्ष्य गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र गति दिइएको बताए । लाममेलाका जनप्रतिनिधि र स्थानीयवासीले टावर राखी गुणस्तरीय सेवा दिन टेलिकमसँग माग राख्दै आएका थिए ।

दुई हजार ६०० मिटरको उचाइमा अस्थायी टावर निर्माण गरी सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ । तमान–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए ।

 

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १० : ५३ बजे

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर