जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा « Khabarhub

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जैशीदेवल तेक्वान्दो डोजाङका खेलाडीले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगिता १७ देखि १८ असारसम्म हुनेछ।

जैशीदेवल युथ क्लबद्वारा सञ्चालित जैशीदेवल तेक्वान्दो डोजाङले मंगलबार अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाइ गर्‍यो।

नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशीदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले सो टिमलाई शुभकामनासहित बिदाइ गरे । नेपाली टिम मंगलबारनै भारतको असाम प्रस्थान गर्ने छ।

सो प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बू, राहुल लिम्बू, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापा मगर, आस्ना राना मगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षणमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  १ : ०४ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले