हैजासम्बन्धी समस्या समाधान गर्न कामपाको २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा « Khabarhub

हैजासम्बन्धी समस्या समाधान गर्न कामपाको २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबीससै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ ।  जनस्वास्थ्यसम्बन्धी जोखिम समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले आजदेखि २४ घण्टा हटलाइन सेवा सञ्चालन गरेको हो ।

नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन काठमाडौँ महानगरका मेयर बालेन शाहले जनाएका छन् ।  जनस्वास्थ्यको सवालमा कामपाले कुनै पनि कुरामा सम्झौता नगर्ने बताउँदै मेयर शाहले नगरवासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न आग्रह गरेका छन् ।

यस्तै, काठमाडौँ उपत्यकामा प्रयोग भइरहेका सबैजसो पानीका स्रोतमा हैजाका जीवाणु ‘इकोलाई’ भेटिएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले परीक्षण गरेका उपत्यकाका विभिन्न ठाउँको पानीका स्रोतमध्ये बागबजार, डिल्लीबजार र सानेपाको पानीमा हैजाका जीवाणु भेटिएको महाशाखाका प्रमुख डा. चुमनलाल दासले बताएका छन् । काठमाडौँका अरु ठाउँको नमुना परीक्षण भए पनि रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए।

डा. दासका अनुसार आइतबार लिइएका आठ नमुनामध्ये पाँचवटामा इकोलाई भेटिएको थियो।  रिपोर्टअनुसार सबैजसो नमुनामा हैजा र झाडापखाला फैलाउने खालका जीवाणु भेटिएका थिए। नैकाप, थानकोट र बल्खुको नमुना परीक्षण गरिए पनि रिपोर्ट आउन बाँकी छ। ‘काठमाडौँ उपत्यकाका १५ प्रतिशत जारको पानी प्रदूषित भएको पाइएको उनले बताए ।  उता बुढानिलकण्ठ नगरपालिकाले सङ्कलन गरेको पानीका नमुनामध्ये ७२ प्रतिशतमा प्रदूषण देखिएको छ।

राजधानीमा परीक्षण गरिएका नमुनामध्ये धेरैमा इकोलाई भेटिएकाले  हैजा फैलिने प्रबल सम्भावना रहेको डा. दासले बताए। आइतबारसम्म १२ जनामा हैजा प्रमाणित भइसकेको छ। तीमध्ये आठ जनाको उपचार भइसकेको छ भने चार जना उपचाररत छन्।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  २ : २४ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने