प्रशोधित पानी मात्रै प्रयोग गर्न बोतल संघको आग्रह | Khabarhub Khabarhub

प्रशोधित पानी मात्रै प्रयोग गर्न बोतल संघको आग्रह


१४ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल बोतल वाटर उद्योग सङ्घले जार तथा बोतलको प्रशोधित पानी प्रयोग गर्न आग्रह गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यममा जार तथा बोतलको पानीमा हैजाको प्रकोप बढेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रशोधित पानीको प्रयोग गर्न आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष धुव्र गौतमले सङ्घभित्र आबद्ध उद्योगले खाद्य ऐन, २०२३ संशोधनसहित खाद्य तथा गुणस्तर नियन्त्रण विभागको निर्देशिका २०७४ बमोजिम उद्योग सञ्चालन गर्दै आएको र चौमासिकरुपमा पानीको परीक्षण गराउँदै आएको भन्दै हैजाको प्रकोप बढेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

उनले उद्योगबाट बजारमा बिक्री वितरणका लागि ल्याएको पानीमा खाद्य अनुज्ञापत्र चेकजाँच गरी प्रशोधित पानीमात्र प्रयोग गर्न आग्रह गरेका हुन् । सङ्घले नेपालभर सर्वसाधारणलाई समेत सर्वसुलभ मूल्यमा पिउने पानी बिक्री वितरण गरेको भन्दै आम उपभोक्तालाई सोही पानी प्रयोग गर्न आग्रह गरेको छ ।

सङ्घले गुणस्तर नियन्त्रण विभागको निर्देशिका विपरीत कसैले पानी बिक्री वितरण गरेको पाइएमा कारबाही गर्नेसमेत जनाएको छ । रासस

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ९ : ०३ बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग