बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली  « Khabarhub

बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेलिब्रेटीको फ्यान फ्लोअर्स जबर्जस्त छ । त्यसैले उनीहरूको सानो तिनो गतिविधिहरूमा पनि मिडिया चनाखो हुने गरेका छन् ।

बलिउड सेल्बेसको माया मात्र नभई रिसको पनि उत्तिकै चर्चा हुन्छ । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझिऔँला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभिता धुलिपालादेखि सोनम कपुरसम्म छन् ।

सूचीको पहिलो नम्बरमा शोभिता धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा यात्रारत अवस्थाको त्यो भिडियोमा उनले ‘माझिऔँला’ देखाएकी थिइन् ।

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो बोल्ड र बोलीका कारण लोकप्रिय छिन् । फिल्म ‘प्लेयर्स’मा सेन्सर बोर्डसँग सम्बन्धित पत्रकारको एक प्रश्नमा उनले बोर्डप्रति ‘माझिऔँला’ को इसारा गरेकी थिइन् ।

अभिनेत्री काजोलले आफ्नो भदैनीसँगको एक पार्टीमा रमाइरहँदा उनले ‘माझिऔँला’ देखाएकी थिइन् । जुन भिडियो भाइरल भएको थियो । कतिपयले उनलाई ट्रोल पनि गरेका थिए । अभिनेता रणवीर कपुरले फिल्ममा कैयौंपटक ‘माझिऔँला’ देखाएका छन् । तर वास्तविक जीवनमा पनि उनले यस्तो काम गरेका छन् । खासगरी ‘पापाराजी’बाट तनाव भएपछि उनले यो गतिविधि गरेका हुन् ।

हालै रिलिज ‘आश्रम ३’ अभिनेत्री इशा गुप्ताले पनि हालै एक भिडियोमा ‘माझी औँला’ देखाएकी थिइन् । जुन भिडियो सार्वजनिक पछि उनी निकै ट्रोल बनेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ४८ बजे

एमाले महाधिवेशन : यस्तो छ ईश्वर प्यानलको फाइनल सूची

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहको

धुर्मुस-सुन्तलीकी छोरीलाई भएको म्यानेन्जाइटिस कस्तो रोग हो ?

काठमाडौं – चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण क्रममा

भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा

गण्डकी– पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषद्, गण्डकी

सुनचाँदीको मूल्य बढेको बढ्यै, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं–  सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा आज

एमालेमा स्वास्थ्य प्रतिस्पर्धा भइरहेछ : पदम गिरी

काठमाडौं– नेकपा एमाले केन्द्रीय सदस्यका उम्मेदवार पदम गिरीले एमालेको ११औँ