बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली  « Khabarhub

बलिउड सेल्बेसको रिस प्रकट गर्ने शैली 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड सेलिब्रेटीको फ्यान फ्लोअर्स जबर्जस्त छ । त्यसैले उनीहरूको सानो तिनो गतिविधिहरूमा पनि मिडिया चनाखो हुने गरेका छन् ।

बलिउड सेल्बेसको माया मात्र नभई रिसको पनि उत्तिकै चर्चा हुन्छ । बलिउडमा यस्ता केही सेलिब्रेटी छन्, जसले आफ्नो रिस सार्वजनिक रूपमै ‘माझिऔँला’ देखाएर प्रकट गरेका छन् । त्यसमा अभिनेत्री शोभिता धुलिपालादेखि सोनम कपुरसम्म छन् ।

सूचीको पहिलो नम्बरमा शोभिता धुलिपाला छिन् । साउथ स्टार नागा चैतन्यसँग अफेयरको खबर सार्वजनिक भएपछि शोभिताको एक भिडियो भाइरल भएको थियो । जसमा उनी निकै रिसाएकी थिइन् । प्लेनमा यात्रारत अवस्थाको त्यो भिडियोमा उनले ‘माझिऔँला’ देखाएकी थिइन् ।

बलिउड अभिनेत्री सोनम कपुर आफ्नो बोल्ड र बोलीका कारण लोकप्रिय छिन् । फिल्म ‘प्लेयर्स’मा सेन्सर बोर्डसँग सम्बन्धित पत्रकारको एक प्रश्नमा उनले बोर्डप्रति ‘माझिऔँला’ को इसारा गरेकी थिइन् ।

अभिनेत्री काजोलले आफ्नो भदैनीसँगको एक पार्टीमा रमाइरहँदा उनले ‘माझिऔँला’ देखाएकी थिइन् । जुन भिडियो भाइरल भएको थियो । कतिपयले उनलाई ट्रोल पनि गरेका थिए । अभिनेता रणवीर कपुरले फिल्ममा कैयौंपटक ‘माझिऔँला’ देखाएका छन् । तर वास्तविक जीवनमा पनि उनले यस्तो काम गरेका छन् । खासगरी ‘पापाराजी’बाट तनाव भएपछि उनले यो गतिविधि गरेका हुन् ।

हालै रिलिज ‘आश्रम ३’ अभिनेत्री इशा गुप्ताले पनि हालै एक भिडियोमा ‘माझी औँला’ देखाएकी थिइन् । जुन भिडियो सार्वजनिक पछि उनी निकै ट्रोल बनेकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ४८ बजे

पूर्णबहादुरको पुरानै सक्रियताले गगनलाई समस्या

काठमाडौं- गत पुस मसान्तमा नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशनमार्फत् नेतृत्व

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको

प्रधानमन्त्रीज्यू, सदनमा आएर जवाफ दिनुहोस् : सांसद तामाङ

काठमाडौं–  प्रतिनिधिसभाकी सत्तापक्ष सांसद आशिका तामाङले राष्ट्रियताजस्ता संवेदनशील विषयमा सत्ता

कांग्रेसले संसद् बैठकसँगै समितिहरू पनि बहिष्कार गर्ने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्सँगै अब संसदीय समितिका बैठक

रास्वपा महामन्त्री बुर्लाकोटी भन्छन् : रवि–मोदी भेट हुन सक्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी