'भिलेन' मा स्थापित हिरोहरू  | Khabarhub Khabarhub

‘भिलेन’ मा स्थापित हिरोहरू 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा प्रवेश गर्न निकै गाह्रो छ । यद्यपि त्यहाँ हिरो बन्छु भन्नेको कमी छैन । पछिल्लो समय फिल्ममा क्यारेक्टर हाबी हुने भएता पनि दशक अगाडीसम्म हिरो वा भिलेन मात्र चर्चामा हुने गर्थे । यद्यपि अहिले मेकिङ्गमा परिवर्तन आएसँगै क्यारेक्टर चर्चा हुने गरेको छ । यसपश्चात् कलाकारहरू हिरो भिलेनको रूपमा नभई क्यारेक्टरलाई निर्वाह गर्न थालेका छन् ।

बलिउडमा हिरोको रूपमा परिचित सञ्जय दत्त , मिथुन चक्रवर्ती , सोनु सूद लगायत पछिल्लो समय दमदार भिलेनको रूपमा स्थापित छन् । सञ्जय ‘हिरो’को रूपमा जति लोकप्रिय छन्, ‘भिलेन’ चरित्रमा पनि उनको लोकप्रियताको कमी छैन । सञ्जयसँगै बलिउडमा ऋषि कपुर, नाना पाटेकरको भिलेन चरित्र उत्तिकै रुचाइएको छ । यहाँ बलिउडका केही लोकप्रिय भिलेनको बारेमा प्रस्तुत गरिएको छ ।

सञ्जय दत्त

‘मुन्ना भाइ’, ‘रकी’, ‘साजन’, ‘सडक’ जस्ता फिल्ममा अभिनय गरेका सञ्जय भिलेन चरित्रमा पनि उत्तिकै फिट छन् । सञ्जयको हालै रिलिज फिल्म ‘केजीएफ च्याप्टर २’मा उनको भिलेन अभिनयले सबैको ध्यान तान्यो । यसअघि फिल्म ‘अग्निपथ’ र ‘खलनायक’ जस्ता फिल्ममा उनको भिलेन चरित्र उत्तिकै लोकप्रिय थियो । सञ्जय फिल्म ‘शमशेरा’ मा शुद्ध सिंह नामको भिलेन चरित्रमा देखिँदै छन् ।

ऋषि कपुर

‘बबी’, ‘नगिना’, ‘प्रेम रोग’जस्ता फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका ऋषिले एक उमेरपछि भिलेनको भूमिकामा काम गर्न सुरु गरे । ऋषिले फिल्म ‘जहरिला इन्सान’बाट भिलेनको भूमिकामा अभिनय गर्न सुरु गरे । त्यसपछि उनी ‘अग्नीपथ’मा रोफ लालाको भूमिकामा देखिए ।

नाना पाटेकर

आफ्नो दमदार अभिनयका कारण दर्शकको मनमा बस्न सफल बलिउड अभिनेता नाना पाटेकरले बलिउडमा कैयौँ राम्रा फिल्ममा अभिनय गरेका छन् । चाहे ‘वेलकम’को उदय भाइ होस् या ‘अपहरण’को तबरेज भाइ, नाना हरेक चरित्रमा आफूलाई ढाल्छन् । फिल्म ‘अंगार’मा उनले जब माजिदको भूमिका निभाए, उनले यो भूमिकाबाट वेस्ट भिलेनको फिल्म फेयर अवार्ड नै जिते । उनले फिल्म ‘शक्ति’, ‘परिन्दा’ जस्ता फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

मिथुन चक्रवर्ती

‘मर्द’, ‘डिस्को डान्सर’, ‘जंग’ र ‘इलाका’जस्ता फिल्ममा सशक्त अभिनय गरेका मिथुनले फिल्म ‘जल्लाद’मा विजयबहादुर कुँवरको भूमिकामा पनि उत्तिकै कला देखाए । यो फिल्मका लागि उनले भिलेन चरित्रमा अवार्ड नै जिते । यसबाहेक उनले कैयौँ फिल्ममा भिलेनको भूमिकामा अभिनय गरेका छन् । सन् २०१२ मा रिलिज फिल्म ‘ओह माइ गड’ मा मिथुनले भिलेनकै भूमिका निर्वाह गरेका थिए ।

 सोनू सूद

सोनू साउथ फिल्म उद्योगको लोकप्रिय नाम हो । बलिउडमा उनी प्रायः सहायका भूमिका या भिलेनको भूमिकामा देखिन्छन् । उनले फिल्म ‘दबंग’, ‘आर. राजकुमार’ र ‘सिम्बा’ मा भिलेनको भूमिकामा अभिनय गरेका छन् ।

ज्याकी श्राफ 

बलिउडमा हिरो फिल्म मार्फत डेब्यु गरेका कलाकार हुन् ज्याकी श्राफ । उनले धेरै फिल्ममा एन्टागोनिस्टकै रूपमा अभिनय गरेका छन् । यद्यपि पछिल्लो समय उनलाई भिलेनको रूपमा फिल्ममा देखाउन थलिएको छ । उनले भिलेन बनेर अभिनय गरेको पछिल्लो फिल्म हो ‘सूर्यवंशी’ । यस्तै उनले केही फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका छन् । उनको बढ्दो उमेरसँगै उनलाई हिरो मात्र नभई भिलेनको रूपमा निर्देशक प्रस्तुत गर्न तत्पर छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : १३ बजे

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुन्छ : देउवा

भक्तपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई

नेपालको पाँचौ विकेट पतन, भीम सार्की पनि आउट

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

स्कटल्याण्डविरुद्ध नेपालको खराब ब्याटिङ

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई