आँखामा हुने संक्रमण र बच्ने उपाय | Khabarhub Khabarhub

आँखामा हुने संक्रमण र बच्ने उपाय



गर्मी याममा स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन्। तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ। तापमान वृद्धि र जलवायु परिवर्तनका कारण गर्मी मौसममा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छ।

काठमाडौँ उपत्यकासहित मुख्य मुख्य सहरहरू अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ। गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, बिझाउने जस्ता समस्या देखिने गरेका छन्।

गर्मी महिना लागेपछि निश्चित खालको किटाणुको लागि राम्रो वातावरण बन्छ। किटाणुको ग्रोथको लागि यो तापक्रम राम्रो हुन्छ। किटाणु धेरै फैलिएको बेला शरीरका विभिन्न अगंमा असर गर्नै गर्छन्। यो समयमा आँखाको इन्फेक्सनको जोखिम धेरै हुनेगर्छ। भाइरस नामक किटाणु र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या धेरै मानिसमा देखिन्छ।

आँखामा इन्फेक्सन हुने मुख्य कारण
हाम्रो शरीरमा विभिन्न ब्याक्टेरीया तथा किटाणु राम्रो काम गर्नको लागि बसिरहेका हुन्छन्। नाक, मुख, आँखामा निश्चित लेवलसम्म भयो भने असर गर्दैन। तर, धेरै मात्रामा भयो भने असर गर्न थाल्छ।

हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमता कम भयो भने संक्रमण छिट्टै हुनेगर्छ। या त रोग लाग्ने किटाणुको संख्या बढी भएको अवस्थामा रोग बढी हुने गर्छ। गर्मी महिना किटाणु बढी सक्रिय हुने भएकाले इन्फेसन धेरै देखिने गर्छ।

आँखामा इन्फेक्सन भएको थाहा पाउन
सुरुमा आँखा, रातो हुने, असजिलो महशुस हुने, बिझाँउने, रातो हुने, बिहान उठ्दा डिलवरिपरी आँखा टासिने भयो इन्फेक्सनको संकेत हुनसक्छ।

यस्तो अवस्थामा तुरुन्तै अस्पताल जानुपर्छ। घरमै तातो, चिसो पानीले सेकेर बस्नुहुँदैन। आँखाको हेलचेक्रयाई गरीयो भने पछि ठूलो समस्या निम्तिन सक्छ।

समयमा उपचार नगर्दाको जोखिम
आँखा पाक्ने रोग सामान्य हो। तर, यो रोगको समयमा उपचार गरिएन भने आँखाको विभिन्न पत्रमा असर गर्छ।

आँखामा फुलो पार्नेदेखि अन्धोपनसम्म हुने सम्भावना हुन्छ। त्यसैले समयमै अस्पताल गएर डाक्टरको सल्लाह लिनुपर्दछ।

घरमा अपनाउनु पर्ने सावधानी
एउटा आँखामा मात्र संक्रमण भएको छ भने दुबै आँखा माड्नु हुँदैन। एउटा आँखाको आँसु पुछेर त्यहि रुमालले अर्को आँखा पुछ्नु हुदैन।

घरमा कोही आँखाको संक्रमित छन् भने बिरामीलाई औषधि लगाइसकेपछि हात राम्ररी धुनुपर्दछ। संक्रमित व्यक्तिले घरबाहिर निस्कदा चस्मा लगाएर मात्र निस्किएमा अरुमा संक्रमण सर्न पाउदैन।

डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्नु गलत

कसैले पनि डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्नु गलत हो। कुनै ठाउँमा मानिस स्वास्थ्य सेवाबाट बन्चित छन् भने आफै औषधि किनेर राखेको पनि पाइन्छ।

कुनै सामान्य समस्या छ भने आफैले औषधि किनेर राख्दा पनि सन्चो हुनसक्छ। तर, डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्नु राम्रो होइन। यस्तो बानीले अन्धोपना निम्त्याउँन सक्छ।

समस्यालाई सामान्य रुपमा लिनुहुँदैन

समयमै आँखाको उपचार नगरेर या आफै विभिन्न प्रकारका औषधि प्रयोग गरेर आँखा गुमाएर आउने पनि धेरै हुनुहुन्छ।

डाक्टरको सल्लाह बिना औषधि प्रयोग गर्दा अन्धो हुने सम्भावना हुन्छ। कसैलाई रोग भएको थाहा हुँदाहुँदै पनि समयमै उपचार नगर्नाले अन्धो भएको पाइन्छ।

अस्पतालमा उपचार
अस्पताल पुगेपछि आँखामा सामान्य भाइरस या ब्याक्टेरीया भएको खण्डमा बिरामीको दृष्टी जाँच गरिन्छ। दृष्टी ठिक छ भने अरु मेसिन बाट आँखा जाचँ गरिन्छ। डाक्टरले आँखा पाकेको हो होइन मेसिनबाट हेरेर सजिलै उपचार गर्न सकिन्छ। यसको अवस्था हेरेर डाक्टरले औषधि दिनुहुन्छ।

नेपाल उपचारको पहुचँमा अग्रस्थानमा
अहिले नेपालको अवस्था सन्तोषजनक रहेको छ। साउथ एसियामा हामी अग्रस्थानमा छौ। तर, सबै ठाउँमा डब्लूएचओले दिएको क्राइट एरिया फुलफिल गर्न सकेका छैनौ।

विभिन्न कार्यक्रममार्फत दूरदराजमा बस्ने मानिसलाई पनि सेवा उपलब्ध गराएका छौ। हामीले सक्ने सेवा दिने प्रयास गरीरहेका छौ।

आँखामा समस्या आउनै नदिन
रोगप्रतिरोधात्म क्षमता कम भएका व्यक्तिमा संक्रमण हुने भएकाले स्वास्थ्यवर्धक खानेकुरा खानुपर्छ। चुरोट, रक्सी खाने व्यक्तिमा इन्फेक्सनको जोखिम बढी हुन्छ। आँखा माड्दा सानो चोट लाग्यो भने पनि इन्फेक्स हुने सम्भावना हुन्छ।

त्यसैले आँखा बरीपरी हात लैजादाँ वा आँखा माड्दा ध्यान दिनुपर्छ। घरबाहिर निस्कदा चस्माको प्रयोग गर्नुपर्छ। निर्माण सबन्धी काम गर्ने व्यक्तिमा आँखामा चोट लाग्ने सम्भावना बढी रहन्छ। त्यस्ता व्यक्तिले चस्मा लगाएर मात्र काम गर्नुपर्छ। साथै आँखाको नियमित जाचँ गर्न जरुरी हुन्छ।

मधुमेह, उच्च रक्तचाप, थाइराइड रोग भएका र दैनिक प्रयोग गर्ने डिप्रेसन, बाथको औषधिले पनि आँखामा नकरात्मक असर गर्छन्। औषधि सेवन गर्ने व्यक्तिले नियमित आँखा परीक्षण गरेमा अन्धोपनबाट बच्न सकिन्छ।

(आँखा रोग विशेषज्ञ डाक्टर वेन लिम्बुसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ७ : ३३ बजे

लालझाडीमा छावा जन्माएका जङ्गली हात्तीको आतङ्क

कञ्चनपुर – लालझाडी गाउँपालिका क्षेत्रमा जङ्गली हात्तीको बथानले उपद्रो मच्चाउन

हिउँद नलाग्दै सुक्न थाले मधेशका खोला

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–७ स्थित खोरियाटोलकी चमेली सदायलाई नजिकै

हमासले सार्वजनिक गर्‍यो इजरायली बन्धक ट्रुपानोभको चौथो भिडियो

एजेन्सी – गाजामा सक्रिय प्यालेस्टाइनी लडाकु समूह हमासले २०२३ अक्टोबरको

काठमाडौं महानगरका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निःशुल्क एक्स–रे सेवा

काठमाडौं – काठमाडौँ महानगरपालिकाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट नागरिकलाई

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको