वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो)  « Khabarhub

वर्गीय विभेद दर्साउने ‘जोर मैना’ (भिडियो) 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । फिल्म युनिटले दोस्रो गीतको रूपमा सार्वजनिक गरेको ‘जोर मैना’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ । जुम्लाको परिवेशमा छायाँकन भएको फिल्मको गीतले मुख्य दुई पात्र बिचको प्रेम र प्रेममा आएको अड्चनलाई प्रस्तुत गरेको छ । प्रदीप खड्का र रेणु योगी जुम्लेली पात्रमा फिट देखिएका छन् ।

यसमा वर्गीय विभेदको विषय प्रस्तुत गरिएको छ । झट्ट सुन्दा प्रेम भावको सुनिए पनि यो गीतले वर्गीय विभेदकै विषय उठान गरेको छ । दुई मुख्य पात्र प्रकाश रोकाया (प्रदीप खड्का) र राधा बिश्वकर्मा (रेणु योगी)का माध्यमबाट गीतले वर्गीय असमानताका कारण प्रेममा आएको असहज परिस्थिति चित्रण गरेको छ ।

गीतको बिचमा संवाद मार्फत वर्गीय विभेदका कारण युवतिको परिवार समेत उनीहरूको प्रेमको खिलाप रहेको बुझाउन खोजिएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा विकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दै छन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ३ : ०५ बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित