राप्रपा आईडीयूको पूर्ण सदस्य, बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण  « Khabarhub

राप्रपा आईडीयूको पूर्ण सदस्य, बर्लिनमा उपाध्यक्ष गुरुङले गरे सदस्यता ग्रहण 


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डेमोक्रेटिक पार्टीहरूको अन्तर्राष्ट्रिय एलाइन्सको अग्रणी संस्था अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियन (आईडीयू) को पूर्ण सदस्य बनेको छ । विश्वभरिका विभिन्न ८४ देशका विभिन्न राजनीतिक दलले आईडीयूको पूर्ण सदस्यता प्राप्त गरेका छन् भने ६५ देशका विभिन्न राजनीतिक दलहरू आमन्त्रित छन् ।

यसअघि नेपालबाट आईडीयू फोरमको बैठकमा आमन्त्रितको रुपमा सहभागी हुँदै आइरहेको राप्रपाले करिब डेढ दशकपछि पूर्ण सदस्यता प्राप्त गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार जर्मनको बर्लिनमा २६ जुनदेखि चार दिनसम्म चलेको आईडीयूको फोरम बैठकमा राप्रपाले सदस्यता प्राप्त गरेको हो ।

राप्रपाको तर्फबाट फोरमको बैठकमा सहभागी पार्टीका उपाध्यक्ष एवं सचिवालय प्रमुख हेमजङ गुरुङले आईडीयू अध्यक्ष, क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्परबाट आईडीयूको पूर्ण सदस्यताको प्रमाणपत्र ग्रहण गरेका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ४ : ३६ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र