इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्ने, बेनेटले आगामी निर्वाचनमा भाग नलिने « Khabarhub

इजरायलमा लापिद नयाँ प्रधानमन्त्री बन्ने, बेनेटले आगामी निर्वाचनमा भाग नलिने


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेल अभिभ– इजरायलमा वर्तमान प्रधानमन्त्री नाफ्ताली बेनेटले बहुमत गुमाएपछि नयाँ प्रधानमन्त्री चयन गरिने भएको छ ।

बहुमत सांसदहरू प्रधानमन्त्रीको विपक्षमा उभिएपछि उनीहरूले संसद् विघटन गर्ने प्रस्ताव पारित भएको हो । यससँगै संसद् पनि विघटन भएको छ ।

संसद विघटन भएसँगै इजरायलमा फेरि निर्वाचन गर्नुपर्ने भएको छ । पछिल्लो चार बर्षमा इजरालयमा पाँच पटक निर्वाचन हुन लागेको हो । निर्वाचन आगामी नोभेम्बर १ मा गर्ने पनि तय भएको छ । तर निर्वाचन हुनुअघि चुनावी सरकारको नेतृत्व भने वर्तमान विदेश मन्त्री येर लापिदले गर्ने अपेक्षा गरिएको छ ।

येश अतिद पार्टीका नेता लापिदलाई शक्ति बाँडफाँडको सहमति अनुसार बेनेटले नै जिम्मेवारी हस्तान्तरण गर्ने भएका छन् ।

बेनेटले लापिदलाई प्रधानमन्त्री बनाउने भएपनि आगामी निर्वाचनमा भने सहभागिता जनाउने छैनन् ।

उनले आफ्नो पार्टीका कुनै पनि सदस्यले आगामी संसदीय निर्वाचनमा भाग नलिने स्पष्ट पारेका हुन् ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ४५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल