डीपीएलमा काठमाडौंको विजयी सुरुवात « Khabarhub

डीपीएलमा काठमाडौंको विजयी सुरुवात


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल)मा काडमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई ४ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रस्तावित फाप्ला अन्राष्ट्रिय रंगशालामा भएको खेलमा काठमाडौंका मेहवुव आलमले चौका प्रहार गर्दै टिमलाई १ बल बाँकी रहँदै जीत दिलाए ।

धनगढीविरुद्ध काठमाडौंका अग्रपङ्तीका ब्याटस्म्यान गौरव तोमर, अङ्कीत डबास र अनिल कूमार शाहले राम्रो प्रदर्शन गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा काठमाडौंको ब्याटिङ कमजोर देखिएको थियो ।

तर, पाँचै विकेटका रुपमा मैदान प्रवेश गरेका मेहवुव आलम र सातौं विकेटका रुपमा मैदान प्रवेश गरेका विक्रम भुषालले नटआउट रहँदै क्रमैसँग १२ तथा १४ रन बनाउँदा काठमाडौंले १ बल बाँकी रहँदा लक्ष्य पुरा ग¥यो ।

काठमाडौंविरुद्ध धनगढीका रोहन मुस्तफाले उत्कृष्ट बलिङ गरेपनि टिमलाई जित दिलाउन भने सकेनन् । उनले ४ ओभर बलिङ गर्दै २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै, अमिर हायत र विपीन खत्र्रीले समान १-१ विकट लिएका थिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीका लागि अमित श्रेष्ठले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनको अर्धशतकमा धनगढीले काठमाडौंलाई १ सय ३३ रनको लक्ष्य दिएको थियो । २० ओभर पुरा खेलेको धनगढीले ५ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

काठमाडौंविरुद्ध उत्कृष्ट ब्यटिङ गरेका युवा ब्याट्सम्यान अमित श्रेष्ठले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतक पुरा गरे । उनले ५० बल खेल्दै ५० रन बनाउँदा काठमाडौंका नन्दन यादवबाट बोल्ड आउट भए ।

त्यस्तै, धनगढीका लागि सन्दीप रजालीले २८ रन, सौरभ खनालले २५ रन बनाउँदा पवन शराफले १९ रन बनाएका थिए ।

टस जितेर पहिलो फिल्डिङ रोजेको काठमाडौंका लागि नन्दन यादवले उत्कृष्ट बलि गरे । उनले ३ ओभर बलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै, ललितनारायण राजवंशी र अंकित डवासले समान १-१ विकेट लिएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  १२ : ४५ बजे

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प