हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै « Khabarhub

हिमालयन एयरलाइन्सले काठमाडौँ-कुवेत उडान थाल्दै


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- हिमालयन एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ र कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेत सिटीबीच सिधा उडान सेवा सुरु गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि आगामी शुक्रबार, जुलाई १५ तारिखका दिन राती १०: २५ बजे काठमाडौँबाट कुवेतका लागि उडान प्रस्थान गरी शनिबार जुलाई १६ तारिख बिहान सबेरै २ बजे कुवेत सिटीबाट काठमाडौँका लागि प्रस्थान गर्ने सम्बन्धी उडान तालिका जारी भएको जनाएको छ ।

नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औ वर्षिकोत्सवको शुभ-अवसरमा दुई देशबीच प्रतिस्पर्धात्मक एवं गुणात्मक हवाई सेवा प्रदान गर्दै यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने सन्दर्भमा हिमालयन एयरलाइन्सले प्रारम्भ गर्न लागेको यस कार्यको दूतावास पूर्ण सफलताको कामना समेत व्यक्त गरेको छ ।

हिमालयन एयरलाइन्सले उडान सुरु गरेसँगै कुवेतबाट नेपाल फर्किने र नेपालबाट कुवेत जाने नेपाली कामदारहरुलाई हवाई टिकट पाउन सहज हुने अपेक्षा गरिएको छ । यसअघि नेपाल-कुवेत र कुवेत-नेपाल सीमित उडान हुँदा नेपाली श्रमिकले चर्को मूल्यमा हवाई टिकट खरिद गर्नुपर्ने बाध्यता थियो।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : ४० बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल