वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत « Khabarhub

वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७८-०७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० वटा पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिए ।

‘प्रदेश सरकारको कार्यविधिअनुसार ३७ वटा खसी, बाख्रा र बोका, सात वटा पाठापाडी र छवटा बङ्गुरको राहत वितरण गरेका हौँ ‘, उनले भने, ‘३० जना कृषकले राहत पाएका छन् ।’ बाख्रा, खसी र बोकाको रु दश हजार, पाठापाडीको रु तीन हजार र बङ्गुरको रु छ हजार पाँच सय का दरले राहत वितरण गरिएको हो । चितुवाको आक्रमणबाट सबैभन्दा बढी क्षति बेहोर्ने कृषक मङ्गला गाउँपालिकाका छन् ।

वन्यजन्तु पीडित कृषकलाई राहतका अतिरिक्त मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका ब्रोसर वितरण र सचेतनामूलक गोष्ठी गरिएको छ । वन्यजन्तुको उपभोगका लागि दशवटा सामुदायिक वनमा पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए ।

‘वन्यजन्तु पानी र आहराको खोजीमा मानव बस्तीमा नआउन भनेर जङ्गलमै पोखरी बनाइएको हो’, उनले भने, ‘वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले पोखरी बनाइएको हो ।’

प्रतिपोखरी निर्माणका लागि रु एक लाखका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर रु ९६ हजारका दरले भुक्तानी गरिएको छ । बेनी नगरपालिका–९ को गलेश्वर ठुलो सल्लेरी, घोर्लास, धौलागिरि–७ को धारापानी, रघुगङ्गा–२ को कृष्ण तालावनदी, मङ्गला–२ को सल्यान सल्लेरी, भदौरेपाखा, रघुगङ्गा–८ को उत्तिसिने, बेनपा–५ को भेडाखोर, पानी पधेरो देपुर्नेआटी, मङ्गला–३ र ४ को टाड बिसाउना सामुदायिक वनमा पोखरी निर्माण भएको हो ।

म्याग्दीको बेनी नगरपालिका–२ खबराको ठुलोगैरा सामुदायिक वनमा जिल्लामै पहिलोपटक पहिलोपटक औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पतिको ४० वटा बिरुवा रोपिएको छ । ‘विजयसाल लोपोन्मुख र संरक्षित वनस्पति हो’, निमित्त डिभिजन वन अधिकृत रानाभाटले भने, ‘परीक्षण र प्रवद्र्धन दुवै उद्देश्यले म्याग्दीमा विजयसाल भित्र्याइएको हो ।’

समुद्री सतहदेखि एक हजार मिटरको उचाइसम्म हुने विजयसालका लागि म्याग्दीको तल्लो क्षेत्रमा उपयुक्त हावापानी, मौसम र वातावरण भएकाले परीक्षण गरिएको वन डिभिजन प्रमुख रानाभाटले बताए । यसअघि म्याग्दीमा विजयसाल थिएन ।

उनका अनुसार विजयसालको भाडोमा राखेको पानी सेवन गर्नाले पेटसम्बन्धी रोग निको हुने तथ्य छ । विजयसालको काठको भाडामो एक रात राखेको पानी निलो रङको हुन्छ । सजावट र प्रयोग दुवै उद्देश्यले सुदूरपश्चिमको कञ्चनपुरमा विजयसालको जङ्गल छ । विजयसाललाई वनस्पतिसम्बन्धी अन्तर्राष्ट्रिय निकायले लोपोन्मुख र संरक्षित वनस्पतिको रुपमा सूचीकृत गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ७ : ४४ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना