पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध « Khabarhub

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।

बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतिको काम भइरहेको छ ।

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थल मार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् । ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ९ : १२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी