एफसीसँग एनआरटीको फराकिलो हार « Khabarhub

एफसीसँग एनआरटीको फराकिलो हार


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – टुवाङ याङ टेरुत (टिवाइटी) प्रतियोगिताको लागि मलेसियामा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन टिम न्युरोड टिम (एनआरटी) ले पहिलो खेलमा इन्डोनेसियाको कारो युनाइटेड एफसीसँग ५-१ को फराकिलो हार बेहोरेको छ ।

बिहीबार मलेसियाको पेनाङमा भएको खेलमा दोस्रो डिभिजनको कारोलाई जित दिलाउन गिलाङ प्रमुड्याले दुई गोल गर्दा फरेल अक्बर अलेसान्ड्रो, कार्डिनाटा तारिगन र मौलाना खालिदीले समान एक गोल गरे ।

पहिलो हाफमै चार गोल बेहोरेको एनआरटीले दोस्रो हाफमा थप एक गोल खाँदा एक गोल फर्काएका थियो । एनआरटीका लागि विदेशी खेलाडी मेसुके ओलौमोउले एक गोल फर्काएका थिए ।

एनआरटीले अब २ जुलाईमा पेनाङ एफसीसँग प्रतिस्पर्धा गर्नेछ। एनआरटी ‘ए’ डिभिजन लिगको तयारीका लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १० : ५० बजे

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर