हातले लोभ्यायो पर्यटक, तस्वीर खिचाउनेको भीड | Khabarhub Khabarhub

हातले लोभ्यायो पर्यटक, तस्वीर खिचाउनेको भीड


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारे– पर्यटक तान्न वा अवलोकनका लागि खासै नयाँ कुरा चाहिँदैन । तर नौलो अनि पृथक हुन आवश्यक रहेको इलाम बजार नजिकै निर्माण गरिएको हात हेर्न जाने पर्यटकबाट नै पुष्टि हुन्छ । जमिनबाट ठाडो पारेर उठाइएको हातको नाडीमा लिस्नो निर्माण गरिएको छ ।

उक्त लिस्नोबाट चढेर हत्केलामा पुगी तस्वीर खिचाउनेको भीड नै लाग्ने गरेको छ । इलाम बजार नजिकै रहेको इलाम चियाबारीको लभडाँडा भन्ने स्थानमा यो हात निर्माण गरिएको हो । चियाका लागि यो ठाउँ ऐतिहासिकसमेत मानिन्छ । नेपालमा सबैभन्दा पहिला चिया रोपिएको ठाउँ भएका कारण पनि यो स्थान ऐतिहासिक मानिन्छ । हुन त यहाँ हातामात्र निर्माण भएको छैन । पर्यटकीय पूर्वाधारसमेत निर्माण गरी आकर्षक बनाइएको छ ।ऐतिहासिक चियाबगान र सुन्दर हरियाली अवलोकनका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।

साथै नजिकै रहेको नेपालकै पहिलो उद्योग चिया कारखानासमेत नजिकै छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न चिया खेतीको इतिहास बोकेको इलाम चिया बगानमा घुम्न आउने पर्यटकको सहजताका लागि पूर्वाधार निर्माण गरिएको छ । नेपालको पहिलो चिया बगान र कारखाना क्षेत्र घुम्न आउने पर्यटकको थप मनोरञ्जनका लागि इलाम नगरपालिकाले पूर्वाधार निर्माण गरेको हो । यही चियाबारीमा हातसमेत निर्माण भएपछि अझ बढी पर्यटक यहाँ पुग्ने गरेका छन् । चिया बगानभित्रका खुला क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै आएको छ । नगरपालिकाले बगान क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि पर्यटकीय पूर्वाधार निर्माण गर्दै आएको हो ।

बजार क्षेत्रको चिया बगान, भालुढुङ्गा, भ्युटावर, लभडाँडा क्षेत्रमा पर्यटक पूर्वाधार निर्माण गरिएको छ । नगरको विकासका लागि पर्यटकीय क्षेत्रको समेत विकास हुनुपर्ने भएकाले आगामी दिनमा नगरपालिकाले यसतर्फ आफ्ना योजना अगाडि बढाउने नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले बताए । चिया बगान क्षेत्रको लभडाँडा क्षेत्रमा नेपालमा चियाखेती सुरुआत गर्ने इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाको प्रतिमासहित पूर्वाधार निर्माण गरिएको छ । गजराजसिंह थापा तत्कालीन श्री ३ प्रधानमन्त्री जङ्गबहादुर राणाका ज्वाइँ थिए । इलाम चिया बगान क्षेत्रमा नगरपालिका–७ का वडाको पहलमा खुला जिमहाउससमेत सञ्चालन गरिएको छ ।

जिमहाउसमा दैनिक पर्यटक र इलाम बजारवासीले व्यायाम गर्दै आएको वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । चियाबारी क्षेत्रमा पर्यटकसँगै बजारवासी, निजामती कर्मचारीलगायत यहाँ बस्ने मानिस दैनिकरूपमा बिहानपख (मर्निङवाक) र साँझपख (इभिनिङवाक) का लागि जाने गरेका छन् । उनीहरूलाई नै लक्ष गरेर खुला जिमहाउस सञ्चालन गरिएको हो । खुला जिमहाउस चिया बगानको माथि धुराबस्ती क्षेत्रमा निर्माण गरिएको छ । बगान क्षेत्रका खुला ठाउँको पहिचान गरी पर्यटन पूर्वाधार र खुला जिमहाउस निर्माणले नगरपालिकावासीलाई भ्रमण गर्ने बानीको विकास गराइ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नगरपालिका योजना छ ।

नगरपालिकाले खुला जिमहाउससहित पर्यटन पूर्वाधार निर्माणपछि चिया बगान भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको हो । नयाँ र आकर्षक केन्द्र निर्माणले यहाँ हाल पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको छ । इलाम पर्यटकीय जिल्लाका रूपमा नै परिचित छ ।  यहाँ रहेका पर्यटकीयस्थलमा अब कृत्रिम पर्यटकीय पूर्वाधारसमेत निर्माण हुँदै जाने हो भने आकर्षण थपिँदै जाने थियो । यसका लागि प्रदेश र केन्द्र सरकारले समेत लगानी बढाउनुपर्ने स्थानीयवासीको भनाइ थियो । पानीको मुहान संरक्षण गरे हरियाली बढ्ने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको स्थानीयवासीले बताउँदै आएका छन् ।

-रासस

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : २४ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको